सोलुखुम्बुका विद्यालयलाई शैक्षिक सामग्री

सोलुखुम्बुका विद्यालयलाई शैक्षिक सामग्री

सोलुखुम्बु, फागुन ३०
सोलुखुम्बुको चार वटा स्थानीय तहका ६० वटा विद्यालयलाई करिब २१ लाखभन्दा बढीको शैक्षिक सामग्री प्राप्त भएको छ । प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारीले स्थापना गरेको हिमालयन ट्रष्ट नेपालले सोलुदूधकुण्ड नगरपालिका, खुम्बु पासाङल्हामु गाउँपालिका, लिखुपिके र महाकुलुङ गाउँपालिकाका विद्यालयलाई उक्त सामग्री वितरण गरेको हो ।

विगतलामो समयदेखि सोलुखुम्बुको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको संस्थाले जिल्लाको शैक्षिक सुधार गरी सरकारको गुणात्मक शिक्षा पु¥याउने लक्ष्य पूरा गर्नका लागि विभिन्न विद्यालयहरुलाई कापी, पेन्सिललगायत विद्यालयमा प्रयोग हुने विभिन्न किसिमका शैक्षिक सामग्रीहरु उपलब्ध गराएको हिमालयन ट्रष्ट नेपाल सोलुखुम्बुका कार्यक्रम संयोजक नवबहादुर भुजेलले जानकारी दिए । सामग्री हस्तान्तरण गर्दै सोलुदूधकुण्ड नगरपालिकाकी कार्यपालिका सदस्य तथा नगर प्रवक्ता शारदामाया तामाङले ट्रष्टको सहयोगले दुर्गमका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पढाइमा सहयोग मिलेको बताइन् । संयोजक भुजेलका अनुसार संस्थाले वर्षौँदेखि शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ । संस्थाले कम्प्युटर ल्याब, खानेपानी, विद्यालय भवन तथा शौचालय निर्माणमा सहयोग गरिहेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie