दोलखामा अझै एक सय ४४ विद्यालयको पुनर्निर्माण हुन बाँकी

दोलखामा अझै एक सय ४४ विद्यालयको पुनर्निर्माण हुन बाँकी

 
दोलखा, पुस १४
भूकम्प गएको चार वर्ष बितिसक्दा पनि अझै दोलखामा एक सय ४४ विद्यालयको पुनर्निर्माण हुन बाँकी रहेको छ । भूकम्पले पूर्णरूपमा ध्वस्त भएका तीन सय ६५ वटा विद्यालयमध्ये पुस मसान्तसम्म दुई सय २१ वटा विद्यालय भवनको निर्माण सम्पन्न भएको छ भने एक सय ४४ वटा विद्यालय भवन निर्माणधीन अवस्थामा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाका प्रमुख गणेश अर्याल र शिक्षा प्रमुख देवकुमार बरालले चालू आर्थिक वर्षमा सबै विद्यालयको पुनर्निर्माणको काम सक्ने जानकारी दिए । जिल्लामा भूकम्प जानुअघि तीन सय ६५ वटा सामुदायिक रहेकोमा भूकम्पपछि १७ वटा सामुदायिक विद्यालय एकीकरण भएर तीन सय चार सामुदायिक विद्यालय रहेका छन् ।

प्राधिकरण स्थपना दिवसको अवसर पारेर जिल्लाका नौ स्थानीय तहका २४ वटा वडाहरूलाई सम्मान समेत गरिएको छ । भूकम्पपीडित लाभग्राहीहरूमध्ये निजी आवास पुनर्निर्माणअन्तर्गत ९० प्रतिशतभन्दा बढीलाई तेस्रो किस्ता भुक्तानी गराइ उत्कृष्ठ नजिता प्राप्त गरेको आधारमा वडाहरू सम्मानित भएका हुन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie