पीसीपीएस कलेजको दीक्षान्त समारोह 

पीसीपीएस कलेजको दीक्षान्त समारोह 

काठमाडौं, मंसिर २५
वेडफोरसियर विश्वविद्यालयसँग सम्बद्धता लिएको पीसीपीएस कलेजले होटल सोल्टी क्राउन प्लाजामा आफनो दोस्रोे दीक्षान्त समारोह आयोजना गरेको छ । पीसीपीएस कलेज २१ वर्ष लामो इतिहास बोकेको एलबीईएफ ग्रूप अफ इन्स्टिच्युसन्ससँग आबद्ध भई इ.सं. २०१७ देखि नेपालमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । 

उक्त समारोहमा बीबीए र बीएससी कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इन्जिनियरिङका ४६ विद्यार्थी दीक्षित भएका थिए । पीसीपीएस कलेजले प्रदान गर्ने डिग्रीहरु शिक्षा मन्त्रालयको स्वीकृति प्राप्त गरी त्रिभुवन विश्वविद्यालयको समन्वय हासिल गरेका छन् । वेडफोरसायर विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर अश्रफ जावेदले विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie