शिक्षालाई सामाजिक हितमा प्रयोग गर्नुपर्नेमा जोड 

शिक्षालाई सामाजिक हितमा प्रयोग गर्नुपर्नेमा जोड 

काठमाडौं, कात्तिक १९
शिक्षालाई समाजको हितमा प्रयोग गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । शिक्षालाई निजीकरण नगरी देश र जनताको हितमा उपयोग गर्नुपर्ने उनीहरुको भनाई थियो । चाँंगुनारायण दुवाकोटस्थित नेपाल इन्जिनियरिंग कलेजका संस्थापक अध्यक्ष प्रा.डा. स्वर्गीय दीपक भटराईको निधन भएको सातौ दिन सोमबार कलेजले आयोजना गरेको शोकसभामा उनीहरुले सामाजिक संस्थाको रुपमा नाफा नलिने उद्देश्यका साथ गैरनाफामुलक रुपमा सञ्चालित कलेजलाई केही सञ्चालकहरुले निजीकरण गर्न खोजेको भन्दै दुःख व्यक्त गरे । 

कलेजका संस्थापक अध्यक्ष डा. भटराईको कार्तिक ११ गते लक्ष्मीपुजाको दिन ८६ वर्षको उमेरमा निधन भएको थियो । कार्यक्रममा प्रदेश नं. ३ का सभाषद् मणिराम फुँंयालले सामाजिक संस्थाको रुपमा नाफा नलिने उद्देश्यकासाथ गैरनाफामुलक संस्थाको रुपमा कलेजलाई अगाडि वढाउन आफू अगाडि जस्तै निरन्तर लाग्ने प्रतिवद्धता जनाए । 

शैक्षिक संस्थाहरुलाई समाजको हितमा लगाउनुपर्ने खाँंचो उनले औंल्याए । सामाजिक संस्थाको रुपमा नाफा नलिने उद्देश्यका साथ गैरनाफामुलक रुपमा सञ्चालित कलेजलाई त्यही रुपमा स्थापित गर्न स्वर्गीय प्रा.डा. भटराई निरन्तर एक असल सिपाहीको रुपमा खटिरहेको चर्चा गर्दै स्वर्गीय प्रा.डा. भटराईको सपना पूरा गर्नु नै उनीप्रतिको सही श्रद्धाञ्जलि भएको बताए । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले आफू स्थानीयबासी मात्रै नभई तत्कालिन गाउँंपालिकाको अध्यक्ष पनि भएकाले कलेज नाफा नलिने उद्देश्यका साथ गैरनाफामुलक रुपमै सञ्चालन थालेको स्मरण गरे । उनले त्यही कारण पर्ति जग्गा कलेजलाई प्रदान गरेको स्मरण पनि गरे । 

चाँंगुनारायण नगरपालिकाकी उपप्रमुख विना बास्टोलाले सामाजिक संस्थाको रुपमा नाफा नलिने उद्देश्यकासाथ गैरनाफामुलक संस्थाको रुपमा सञ्चालित कलेजलाई त्यही रुपमा स्थापित गर्ने संस्थापक अध्यक्ष प्रा.डा. भटराईको सपना पूरा गर्ने जिम्मा अवै हामी सवैको काँंधमा आएको बताइन् । कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले स्वर्गीय प्रा.डा. भटराई कलेजको यही विषयमा विशेष चिन्ता लिएर वसेको भन्दै उहाँंको सपना पूरा गर्ने जिम्मा अव स्थानीयबासी, जनप्रतिनिध, कर्मचारी, शिक्षक सवैको रहेको बताए ।

कार्यक्रममा चाँंगुनारायण नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजेश श्रेष्ठ, २ का अध्यक्ष शिवहरि केसी, ३ का अध्यक्ष श्यामसुन्दर धिमाल, ४ का अध्यक्ष बुद्धिलाल महर्जन, स्थानीय समाजसेवी एवं पूर्व गाविस अध्यक्ष मोहनवीर श्रेष्ठले कलेजलाई कुनै हालतमा पनि निजी हुन नदिने प्रतिवद्धता दोह्याए । कलेज सञ्चालकहरुवीच निजी र सामाजिक संस्थाको रुपमा नाफा नलिने उद्देश्यकासाथ गैरनाफामुलक संस्थाको रुपमा सञ्चालित भनी झण्डै तीन वर्षदेखि दुई भागमा विभाजित छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस