एनएलजी इन्स्योरेन्सको तेस्रो त्रैमासिक नाफा १५ करोड ७३ लाख

एनएलजी इन्स्योरेन्सको तेस्रो त्रैमासिक नाफा १५ करोड ७३ लाख

काठमाडौँ जेठ ८
एनएलजी इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड ७३ लाख ७४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १५ करोड ३४ लाख २९ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ६४ करोड चार लाख छ हजार रूपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी ३२ रूपैयाँ ७७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ दुई सय ८९ रूपैयाँ ११ पैसा रहेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie