कृषि विकास बैंकद्वारा कोरोना संक्रमण रोकथाम कोषमा रकम सहयोग

काठमाडौं, चैत ११
कृषि विकास बैंकले कोराना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोषमा एक करोड २५ लाख रूपैयाँ सहयोग गरेकोे हो । बैंकका अनुसार कोभिड–१९ कोरोना नामक भाइरसले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा भाइरससँग सावधानीपूर्वक डटेर सामाना गर्नका लागि व्यक्तिगत सुरक्षा सामग्री, स्वास्थ्य उपकरण, नमूना परीक्षण किट र क्वारेण्टाइनलगायत अत्यावश्यक सामग्री स्वास्थ्य व्यवस्थाको उचित प्रबन्ध मिलाउन नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रकम सहयोग गरिएको हो । बैंकले उक्त विपतको कारणबाट ज्यान गुमाउनेहरूप्रति चिर शान्तिको कामना गर्दै, बिरामीहरूको शिघ्र स्वास्थ्यको लाभको कामनासमेत गरेको हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie