मेगा बैंकद्वारा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

मेगा बैंकद्वारा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं, चैत १०
मेगा बैंक नेपाल लिमिटेडले काभ्रेका दृष्टिविहीन विद्यार्थीहरूलाई शैक्षिक सामग्री र कम्प्युटर सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैंकले सपोर्ट टु फेलोशिप सोसाइटी नेपाल संस्थामार्फत काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई शैक्षिक सामग्री र कम्प्युटर प्रदान गरेको हो । मेगा बैंकका बनेपा शाखा प्रमुख राजेश्वर श्रेष्ठले दृष्टिविहीन विद्यार्थीहरूलाई कम्प्युटर, दृष्टिविहीन विद्यार्थीहरूले प्रयोग गर्ने विशेष कापी, कलम, झोला तथा बोर्ड हस्तान्तरण गरेका हुुन् । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैंकले विभिन्न जिल्लाका विद्यार्थीलाई सहयोग गर्दै आएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie