एनआईसी एसिया लघुुवित्तको नाफा ११ करोड १२ लाख

एनआईसी एसिया लघुुवित्तको नाफा ११ करोड १२ लाख

काठमाडौं, फागुन १३
एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ११ करोड १२ लाख ७८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा पाँच करोड ७७ लाख १० हजार रूपैयाँ रहेको थियो ।

चुक्तापुँजी १० करोड ४५ लाख रूपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ७९ करोड ४९ लाख ४५ हजार रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३४ करोड ८० लाख ८४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २२ करोड चार लाख ८९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ३४ लाख ३३ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ६२ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले २७ करोड ९३ लाख ९३ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १३ करोड ३४ लाख ९४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड दुुई लाख ८६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie