सिद्धार्थ बैंकको सहयोगमा आँखा शल्यक्रिया शिविर

सिद्धार्थ बैंकको सहयोगमा आँखा शल्यक्रिया शिविर

काठमाडौं, माघ १०
सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौँं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । बैंकले २०७६ पुस २२ देखि पुस २५ सम्म श्रीनगर (सर्लाही) र पुस २७ देखि पुस २९ सम्म मलङ्गवा (सर्लाही)मा सञ्चालन भएको उक्त शिविरमा कुल एक हजार दुई सय ४१ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये एक सय ७८ जना मोतीयाबिन्दु रोगीहरूको पहिचान गरी उनीहरूको आँखा शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रियाका लागि बैंकले नेपाल आँखा अस्पताललाई चार लाख ४७ हजार रुपैयाँ सहयोग गरेको थियो ।

उक्त सहयोग रकम बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले एक विशेष कार्यक्रमका बीच नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गरेका हुुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउँदै जानेछ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर एक सय ८० वटा शाखा (चार वटा एक्सटेन्सन काउन्टरसहित), एक सय एकवटा शाखारहित बैंकिङ सेवा, दुुई सयवटा एटीएम र १६ सयभन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie