आईएमई लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा

आईएमई लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा

काठमाडौं, मंसिर २०
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो वार्षिक साधारण सम्पन्न गरेको छ । कम्पनीले बुुधबार सञ्चालक समितिका अध्यक्ष डा. रामहरी अर्यालको सभापतित्वमा काठमाडौँको चन्द्रागिरी हिल्समा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । कम्पनीले सभामार्फत आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा अध्यक्ष डा. अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसायसम्बन्धी साक्षरताको अभाव रहेको भए पनि कम्पनीले सो विषयलाई अवसरको रूपमा लिई बीमासम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पु-याउन कटिबद्ध रहेको प्रतिबद्धता जाहेर गरे थिए ।

कम्पनीकोे उन्नती र प्रगतिमा निरन्तर अमूल्य सुझाव र सहयोग गर्ने सेयरधनी, कम्पनीप्रति विश्वास र भरोसा गर्नेे समस्त बीमितहरू, कम्पनीको सफलताका लागि सहयोग तथा मार्गनिर्देशन दिने नेपाल सरकार, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेडलगायत सम्पूर्ण नियमनकारी निकाय तथा सम्पूर्ण बीमा कम्पनीहरू, पुनर्बीमा कम्पनी, अभिकर्ताहरू, विभिन्न बैंक तथा वित्तीय संस्था एवं अन्य शुभेच्छुकहरू सबैप्रति हार्दिक कृतज्ञताज्ञापन गरे । सो सभामा कम्पनीका सञ्चालक समितिका सदस्यहरू, संस्थापक सेयरधनीहरू, व्यवस्थापन समिति तथा अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध