महालक्ष्मी विकास बैंकद्वारा तामाङ सम्मानित

महालक्ष्मी विकास बैंकद्वारा तामाङ सम्मानित

काठमाडौं, मंसिर २०
महालक्ष्मी विकास बैंकले सोनाम तामाङलाई सम्मानित गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरूबाट विभिन्न कार्यक्रमहरू गर्दै आईरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको खाडीचौर शाखाले अरनिको राजमार्ग, सुकुटेबिचमा बस दुर्घटना भई सुनकोशी नदिमा खस्दा दर्जनौँ यात्रीको उद्दार गर्न सफल सहासी युवा सोनाम तामाङ (-याफटिङ गाइड)लाई उनको साहासिक कार्यको कदर गर्दै १५ हजार रूपैयाँसहित सम्मान गरेको हो ।

बैंकले आइतबार मागा देउरालीदेखि काठमाडौँका लागि छुटेको बस सुकुटेबिचमा दुर्घटना भएको थियो । उनको उक्त प्रेरणादायी कार्यको सम्मान गर्दा युवाहरूमा समाज सेवाका लागि थप हौसला मिल्नेछ भन्ने हेतुले बैंकले सम्मान गरेको थियो । बैंकले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध