प्रभुु बैंकको एक अर्बको ऋणपत्र बिक्री खुला

प्रभुु बैंकको एक अर्बको ऋणपत्र बिक्री खुला

काठमाडौं, कात्तिक २२
प्रभुु बैंकले एक अर्ब रूपैयाँबराबरको ऋणपको बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रूपैयाँ अंकित मूल्य कायम रहने गरी १० लाख कित्ता ऋणपत्रको बिक्री खुला गरेको हो । वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर तोकिएको ऋणपत्रको परिपक्व हुुने अवधि १० वर्ष अर्थात् विसं २०८६ तोकिएको छ । यही कात्तिक २१ गतेबाट खुुला भएको १० दशमलव २५ प्रतिशत डिबेञ्चर २०८६ को बिक्री कार्य छिटोमा कात्तिक २५ गते एवं ढिलोमा मंसिर २० गते बन्द हुनेछ ।

बैंकका अनुुसार खरिदकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम चार लाख कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी १० अर्ब तथा जारी पुँजी आठ अर्ब २३ करोड ३९ लाख ६२ हजार आठ सय रूपैयाँ रहेको छ । बैंकको ऋणपत्रको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । बैंकले आर्थिक वर्ष २०७५—०७६ मा एक खर्ब १२ अर्ब ३९ करोड ३४ लाख ४८ हजार रूपैयाँ निक्षेप संकलन गरेको छ । यो निक्षेप अघिल्लो आवको तुुलनामा १५ दशमलव ५६ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैकले ९७ अर्ब २५ करोड ९६ लाख ६५ हजार रूपैयाँ मात्र निक्षेप संंकलन गरेको थियो ।

यसैगरी बैंकको कर्जा रकम पनि अघिल्ले आवको तुुलनामा १८ दशमलव ३९ प्रतिशतले बढेर ८६ अर्ब ४१ करोड ५८ लाख ९९ हजार रूपैयाँ पुुगेको छ । अघिल्लो आवमा बैंकको यस्तो कर्जा रकम ७२ अर्ब ९९ करोड दुुई लाख ३२ हजार रूपैयाँ रहेको थियो । बैंकले आव २०७५ —०७६ मा चार अर्ब ५६ करोड ९३ लाख २४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेकोमा दुुई अर्ब पाँच करोड पाँच लाख ६४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकले दुुई अर्ब ८१ करोड ८० लाख तीन हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेकोमा ९६ करोड ७० लाख ३५ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस