सारथी लघुुवित्तको नाफा ८७ लाख ८८ हजार

सारथी लघुुवित्तको नाफा ८७ लाख ८८ हजार

काठमाडौं, कात्तिक २२
सारथी लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ८७ लाख ८८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा ११ लाख ९२ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी आठ करोड १० लाख रूपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा २२ करोड २६ लाख ४१ हजार रूपैयाँ निक्षेप संकलन गरी ८५ करोड २९ लाख ५१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक करोड ३१ लाख ६२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २९ लाख ६८ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात शून्य दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा संस्थाले पाँच करोड ८६ लाख ७३ हजार रूपैयाँ निक्षेप संकलन गरी ३४ करोड तीन लाख ७७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४३ लाख ७८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस