सर्पोट माइक्रोफाइनान्सको त्रैमासिक नाफा १३ लाख ६५ हजार

सर्पोट माइक्रोफाइनान्सको त्रैमासिक नाफा १३ लाख ६५ हजार

काठमाडौं, कात्तिक २२
सर्पोट माइक्रो फाइनान्स वित्तीय संंस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १३ लाख ६५ हजार रूपैैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा छ लाख ७६ हजार रूपैयाँ रहेको थियो । चुुक्ता पुँजी छ करोड रूपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा १४ करोड ९६ लाख २९ हजार रूपैैयाँ निक्षेप संकलन गरी ७३ करोड ५४ लाख ६६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा ९४ लाख दुुई हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १२ लाख ६९ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ८६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले आठ करोड ६४ लाख ४९ हजार रूपैयाँ निक्षेप संकलन गरी ४३ करोड ५० लाख ८२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६५ लाख ७९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस