दिगो टिकाउँको लागि कालोपत्रे सडकको विकल्प नै कंक्रिट सडक

दिगो टिकाउँको लागि कालोपत्रे सडकको विकल्प नै कंक्रिट सडक

सुलसुले । नेपालको कुल मागको ८० प्रतिशत बजार स्वदेशी उद्योगबाट उत्पादित सिमेन्टले नै धानिरहेको छ । सरकारले भर्खरै ४३ र ५३ ग्रेड मापदण्डको सिमेन्ट उत्पादनको लागि स्वीकृति दिएको छ । यो निर्णयसँगै भारतबाट २० प्रतिशतरूपमा आयात भइरहेको उच्च गुणस्तरको सिमेन्टको हिस्सा पनि अब मुलुकभित्रै उत्पादन हुनेछ ।

स्वीकृत मापदण्ड लागू भएर उत्पादन सुरु हुनासाथ मुलुक सिमेन्टमा पूर्णरूपमा आत्मनिर्भर बन्नेछ । हाल नेपालमा ६५ वटा सिमेन्ट उद्योग सञ्चालनमा रहेको छन् । ती उद्योगहरूमा नौ खर्बभन्दा बढी रकम लगानी भइसकेको जानकारी नेपाल सिमेन्ट उत्पादक संघका महासचिव ई। केशवप्रसाद उप्रेतीले दिएका छन् । मुलुकभित्र यदाकदाबाहेक अहिलेसम्म कालोपत्रे सडक नै प्राथमिकताको सूचीमा पर्दै आएका छन् ।

नेपालले पनि स्वदेशी उत्पादनलाई जोड दिएर सडक निर्माण गर्नुपर्ने समय आइसकेको उनको तर्क छ । ‘कालोपत्रे सडक पानीको शत्रु हो । यसलाई २५ डिग्रीभन्दा तल तापक्रम भएको अवस्थामा पिच गर्न मिल्दैन । यो कुरालाई मध्यनजर गर्न नसक्दा बनिरहेका कालोपत्रे सडक दीर्घकालीन हुन सकिरहेका छैनन् ।

त्यसकारण पनि अब क्रमशः कालेपत्रे सडकलाई विस्थापित गर्दै मुलुकभित्रै उत्पादित सिमेन्ट, रोडा ढुंगाबाट बनाउन सकिने कङ्क्रिट रोडलाई जोड दिनुपर्छ ।’, उनी भन्छन्, ‘कालोपत्रे सडकको तुलानामा कङ्क्रिट सडकको लागत मूल्य केही महँगो पर्न जान्छ । तर, यसको आयु कालोपत्रे सडकको तुलानामा तीन गुणा बढी गुणस्तरीय र टिकाउ हुनेछ । विकसित मुलुकहरूले हाल कङ्क्रिट सडक निर्माणमा नै जोड दिइरहेको अवस्था छ ।

नेपालले पनि यो कुरालाई मध्यनजर गरेर अगाडि बढ्न जरुरी छ । यस विषयलाई हामीले नेपाल सरकारसँग प्रस्ताव पनि गरिसकेका छौँ । हाम्रो प्रस्तावप्रति सरकार सकारात्मक छ ।’ नेपालमा सिमेन्ट उत्पादनको वर्तमान अवस्था र लगानी, यसको भविष्य र कङ्क्रिट रोडको अवधारणमा केन्द्रित रहेर ई. केशवप्रसाद उप्रेतीसँग आर्थिक दैनिका लागि रामहरी चौलागाईंले गरेको कुराकानीको प्रत्यक्ष भिडियो हेर्नुहोस ।

इन्जिनियर उप्रेतीसँग भएको कुराकानीको भिडियो :

प्रतिकृया दिनुहोस


Techie