सलिन रोमान्ससँगै एक्सनमा, हेर्नुस् 'यात्रा' टिजर

‘ए मेरो हजुर २’मा साम्राज्ञीसँग रोमान्स गरेका अभिनेता सलिनमान बनियाँ नयाँ सिनेमा'एक्सन-लभर व्वाई' अवतारमा देखिएका छन्।

सार्वजनिक गरिएको उनी अभिनित ‘यात्रा’को टिजरले उनी आफ्नो सिनेमामा रोमान्टिक सहित एक्सनमा देखिने देखाएको छ।

'यात्रा: अ म्युजिकल ब्लग' नाम दिइएको  सिनेमाको टिजरमा नायक सलिनमानको साथमा चलचित्रकी नव–नायिका मल्लिका महत्तको प्रेमलाई देखाइएको छ भने नायक सलोन बस्नेतलाई भिलेनको लुक्समा देखाइएको छ ।

चलचित्रमा सलिनमान, सलोन र माल्लिकाको अलावा रेयर राई, प्रेक्षा बज्रचार्य, जाहन्वी बस्नेत, विशाल कटुवालको मुख्य भूमिका रहेको छ ।

यस सिनेमालाई सम्राट शाक्यले निर्देशन गरेका हुन्। यात्रामा सम्राटकै कथा र पटकथा रहेको छ ।

चलचित्रमा लगानी सुशिल पोखरेलको रहेको छ भने विक्रम पराजुली, रामशरण घिमिरे, मुक्ति तिमिल्सिना यसका सह–निर्माता हुन् । केशव भट्टराईको प्रस्तुती रहेको चलचित्रमा सर्जुमान लिगल कार्यकारी निर्माताको रुपमा छन् । सिनेमाआँउदो चैत्र २९ गते रिलिज हुनेछ ।

 

प्रतिकृया दिनुहोस


Techie