राजस्वमा गुणात्मक वृद्धि गर्न मन्त्री खतिवडाको निर्देशन 

राजस्वमा गुणात्मक वृद्धि गर्न मन्त्री खतिवडाको निर्देशन 

चितवन, वैशाख ३
अर्थमन्त्री डा. युवराज खतिवडाले करको दायरा बढाएर राजस्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका छन् । आन्तरिक राजस्व कार्यालय भरतपुरका कर्मचारीलाई सोमबार निर्देशन दिँदै मन्त्री खतिवडाले संख्या मात्रैभन्दा राजस्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका हुन् । करमा दर्ता मात्रै हुने तर राजस्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै उनले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन निर्देशन दिए । आर्थिक ऐन २०७५ ले गरेका व्यवस्थालाई पूर्णरूपमा कार्यान्वयन गर्न पनि उनले निर्देशन दिए ।

आर्थिक ऐनले समय सीमा तोकेर विभिन्न क्षेत्रमा छुटको व्यवस्था गरेको थियो । मन्त्री खतिवडाले आगामी बजेटमा कर प्रणालीमा सुधार गर्नुपर्ने केही देखिएमा सुझाव पठाउन पनि निर्देशन दिए । यस कार्यालयले चितवन र नवलपुर जिल्लाका धेरै मदिरा एवं बियर उद्योग हेर्ने भन्दै उनले अन्तः शुल्क सङ्कलनमा चुस्त–दुरुस्त ढंगले काम गर्न कर्मचारीलाई निर्देशन दिएको कार्यालय प्रमुख शुवप्रसाद रिजालले बताए । सोही अवसरमा राजस्व सचिव लालशङ्कर घिमिरेले बजार अनुगमनमा कडाइ गर्दै बिल नकाट्ने, कम मूल्यको बिल काट्ने जस्ता गतिविधि भए तत्काल रोक्न निर्देशन दिए । यस आर्थिक वर्षमा ३० अर्ब राजस्व उठाउने लक्ष्य सो कार्यालयको रहेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie