मेट लाइफद्वारा पुनर्निर्माणका लागि सहयोग

मेट लाइफद्वारा पुनर्निर्माणका लागि सहयोग

काठमाडौँ, फागुन ९
अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा नेपालमा बीमासम्बन्धी कारोबार गर्दै आएको मेट लाइफले नेपालका एक सय २० जना कर्मचारीहरु २०७५ माघ २८ देखि ३० गतेसम्म ह्याबिट्याट फर ह्युम्यानिटिसँग सहकार्य गरी पाँँचखाल काभ्रेको भूकम्प प्रभावित क्षेत्रमा आवास पुननिर्माण कार्यमा स्वयंसेवकको रुपमा संलग्न भएका छन् । समुदायको आवास निर्माण गर्ने कार्यमा स्वयंसेवीहरु स्थानीय समुदाय सँगसँगै ढुंगा फुटाउने, इँट्टा बोक्ने र स्वेलिङ गर्ने जस्ता कार्यमा संलग्न भएका थिए ।

कम्पनीका अनुसार स्वयंसेवीको टोलीमा मेट लाइफ नेपालको हेड अफ अपरेसन, रामकुमार यादवसँगै कम्पनीका भाइस प्रेसिडेन्ट र जेनेरल म्यानेजर निर्मलकाजी श्रेष्ठ सामेल भएका थिए । केही वर्ष ठूलो नोक्सानी र दुःख ब्याजेहोरेका पाँचखालका समुदायको आवास पुनर्निर्माण कार्यमा ह्याबिट्याट फर ह्युम्यानिटिसँग सहकार्य गर्न पाउँदा कम्पनीले गौरव महसुस गरेको छ । हामी हरेक दिन विश्वका लाखौं ग्राहकका सम्पत्ति, वित्तीय व्यवस्था, परिवार र भविष्यको संरक्षण गर्ने प्रयास गर्दछौँ र हाम्रो स्वयंसेवाको प्रयास हामीले गर्ने कार्यको विस्तारित रुप हो, कम्पनीका भाइस प्रेसिडेन्ट एवं जनरल म्यानेजर श्रेष्ठले भने ।

स्वंय सेवाको कार्यले हामीलाई स्थानीय समुदायसँग अन्तक्र्रिया गर्ने मौका त मिल्यो नै यसले उनीहरु र उनीहरुको परिवार सँगसँगै काम गर्ने, उनीहरुको जीवनलाई नजिकबाट नियाल्ने र उनीहरुको आवश्यकता बुझ्ने मौका पायौँ, उनले भने । मेट लाइफले एसियाका धेरै देशमा ह्याबिट्याट फर ह्युम्यानिटिसँग विभिन्न आयोजनाहरुमा काम गरिसकेको छ । सन् २०१८ मा मेट लाइफका स्वयंसेवीले एसियाका नौ देशमा २५ हजारभन्दा बढी घण्टा समयको योगदान दिइसकेका छन् ।

प्रतिकृया दिनुहोस



विविध

Techie