भाइभ लाउञ्जद्वारा राहत सामग्री वितरण

भाइभ लाउञ्जद्वारा राहत सामग्री वितरण

काठमाडौं, वैशाख ३०
काठमाडौंको लाजिम्पाटमा रहेको भाइभ लाउञ्जले राहत सामग्री वितरण गरेको छ । लाउञ्जले संस्थागत सामाजिक उत्तरदायित्यअन्तर्गत अमर श्रेष्ठ, निमा पाख्रिन, अतित श्रेष्ठ र भाइभ लाउञ्ज परिवार समेतको सहकार्यमा लाजिम्पाट आसपासका क्षेत्रमा बस्ने तेस्रो लिंगीहरुलाई राहत सामग्री वितरण गरिएको लाउञ्जका प्रबन्धनिर्देशक निमा पाख्रिनले बताए ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को महामारीले अहिले सिँगो विश्वसहित नेपाल पनि लकडाउनमा छ । सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ । यो लकडाउनमा विशेषगरी उपत्यकामा भाडामा बसेर दैनिक मजदुरी गर्ने नागरिकहरुले धेरै नै पीडित रहेका छन् । उनीहरुको पीडालाई सम्बोधन गर्ने धेरै व्यक्ति तथा संघ/संस्था स्थानीय निकायहरुले सहयोग गरेका छन् । तर यस क्षेत्रमा बस्ने तेस्रोलिंगीहरुलाई अहिलेसम्म कुुनै पनि संघ/संस्थाले सहयोग गरेको देखिएन । यो अवस्थामा हामीले व्यक्तिगतरुपमा केही रकम उठाएर उहाँहरुलाई दैनिक उपभोग्य सामग्री वितरण गरेका हौं’, भाइभ लाउञ्जका पाख्रिनले भने ।

उनले सबै जना अप्ठ्यारोमा परेको कारण लाउञ्जले चार जनाको परिवारलाई एक हप्ताको लागि पुुग्ने दाल, चामल, नुुन तेल लगायतका खाद्य सामग्री वितरण गरेको बताए । राहत वितण कार्यक्रममा प्रत्यक्षरुपमा सहभागी भएकी मानवअधिकारकर्मी समेत रहेको निलम पौडेलले योपटक आफूहरुले २५ जना तेस्रोलिंगीहरुलाई राहत वितरण गर्ने लक्ष्य लिएको बताइन् । सोहीअनुुसार २५ जनाको नामावली तयार गरे पनि अहिले १५ जना मात्र सहभागी भएको उनको भनाइ छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie