कोरोना (कोभिड–१९) : अमेरिका किन फस्र्ट भयो ?

कोरोना (कोभिड–१९) : अमेरिका किन फस्र्ट भयो ?

हुन त जुनसुकै देशका भए पनि महामारी, बाढी–पहिरो, हिमपहिरो डढेलो, भूकम्प, ज्वालामुखी विस्फोटन, समुद्री आँधी, चट्याङलगायत प्राकृतिकरूपमा आएको वा पैmलिएको विपद्मा परेर मान्छेहरू मरिरहेको बेलामा व्यंग्य गरेको जस्तो हुन्छ । तर, यहाँ यो पङ्क्तिकारलाई सन् २०१६ को अन्त्यमा अमेरिकाको ४५औँ राष्ट्रपतिको रूपमा निर्वाचित भएका वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ को जनवरी २० मा औपचारिकरूपमा राष्ट्रपतिको रूपमा काम गर्न सुरु गरे । उनले राष्ट्रपतिको रूपमा काम थाल्नेबित्तिकै विभिन्न योजना, कार्यक्रम, नीति र नाराहरू ल्याए । त्यसमध्ये ट्रम्पले दिएको एक नारा थियो –‘बाइ अमेरिकन, मेक अमेरिका फस्र्ट’ संभवतः ट्रम्पको –‘बाइ अमेरिकन, मेक अमेरिका फस्र्ट’ भन्ने नारा अमेरिकन सामान वा उत्पादन किनौँ, अमेरिकालाई (धनी) फस्र्ट बनाऔँ भन्ने मनोविज्ञानमा आधारित थियो । तर, ट्रम्पको अमेरिकन सामान वा उत्पादन किनौँ, अमेरिकालाई (धनी) फस्र्ट बनाऔँ भन्ने मनोविज्ञानमा आधारित उक्त नाराले के–कति प्रगति ग¥यो वा अमेरिकीहरूमा लागू भयो कि भएन ? अथवा अमेरिकी जनताहरू राष्ट्रपति ट्रम्पको सोचअनुसार साँच्चै राष्ट्रवादी भएर अमेरिकन सरसामान र उत्पादन मात्रै किनेर आप्mनो देशलाई धनी अर्थात् फस्र्ट बनाए त ? भन्ने बारेमा भविश्यमा कसै न कसैले खोज–अनुसन्धान गरेर लेख्लान् वा भनौँ रिपोर्टिङ गर्लान् नै । त्यसैले यसबारे अहिले नै धेरै कुरो नगरौँ–नलेखौँ, किनभने ट्रम्पले भने पनि नभने पनि पैसा, विज्ञान, प्रविधि, हातहतियार, अपराध आदिमा अहिलेसम्म अमेरिका नै विश्वमा फस्र्ट अर्थात् पहिलो देशको रूपमा रहेको देखिन्छ । तर, अब अमेरिका पैसा, विज्ञान, प्रविधि, हातहतियार, अपराध आदिमा मात्रै नभएर ‘नोबेल कोरोनाभाइरस–२०१९ (कोभिड–१९) को संक्रमणले प्रभावित देशमा पनि विश्वलाई उछिन्दै अमेरिका फस्र्ट भएको छ । स्मरणीय छ, गत मार्च २३, २४, २५ तारिखसम्म अमेरिका (कोभिड–१९) को संक्रमणले प्रभावित देशको सूचीमा पाँचौँ, चौथो, तेस्रो र दोस्रोमा रहेको थियो । तर, मार्च २६ को रातदेखि मार्च २९ को बिहान नहुँदै अमेरिकाले स्पेन, चीन र इटलीलाई उछिन्दै (कोभिड–१९) को संक्रामक रोगको भाइरसले प्रभावित पहिलो देश भएको छ ।हुन पनि आजको मितिसम्म अर्थात् सन् २०२० मार्च २९ को ग्रिनविच मिनटाइम (जिएमटी) को ०८ः३९ को समयमा ‘वोल्र्डोमिटर’ नामक सस्ंथाले निकालेको तथ्याङ्कअनुसार अमेरिकाका एक लाख २३ हजार ७८० जना नागरिकलाई (कोभिड–१९) रोगको संक्रामक भाइरसले आक्रमण गरेको छ । अर्थात् बिरामी बनाएको छ भने, दुई हजार २२९ जनाको मृत्य भएको छ । हुन पनि (कोभिड–१९) रोगको संक्रामक भाइरसले आक्रमण गरेका एक लाख २३ हजार सात सय ८० जना अमेरिकी नागरिकहरूमध्ये ३ हजार २३८ जना मात्रै पूर्णले निको भएका छन् । यो तथ्याङ्क हेर्दा बिरामी भएकाहरूको तुलनामा निको भएकाहरूको संख्या धेरै नै कम हो । त्यसो त अमेरिकामा (कोभिड–१९) रोगको संक्रामक भाइरसका कारण सिकिस्त बिरामी भएकाहरू संख्या दुई हजार ६६६ जना मात्रै रहेको देखिन्छ । स्मरण रहोस्, माथि उल्लेखित तथ्याङ्कहरू वोल्र्डोमिटर’ नामक सस्ंथाले सन् २०२० मार्च २९ को ग्रिनविच मिनटाइ (जिएमटी) ०८ः३९ मा उल्लेख गरेअनुसार हो ।

जे भए पनि हाल आएर (कोभिड–१९) रोगको संक्रामक भाइरसले अमेरिकामा किन यस्तो विकराल रूप लियो ? भन्नेतर्पm केही छलफल गर्नुपर्ने देखिन्छ । सुरुमै अर्थात् सन् २०२० को जनवरी ३१ मै संयुक्त राष्ट्र संघ मातहत रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभरि नै ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो । जतिखेर (कोभिड–१९) रोगको संक्राकम भाइरसका कारण चीनलगायत केही देशमा २१३ जनाको मृत्य र लगभग १० हजार जना मात्रै बिरामी थिए । तर, त्यो बेलासम्म पनि ट्रम्पले ख्याल–ठट्टा गर्दै (कोभिड–१९) लाई ‘चाइनिज भाइरस’ भनी नाम दिइरहेका थिए । फलतः (डब्लूएचओ)ले नै सन् २०२० को मार्च १८ मा आधिकारिकरूपमा विज्ञप्ति निकालेर (कोभिड–१९) महामारीको भाइरसलाई ‘चाइनिज भाइरस’ भन्नु गलत हुने भनी प्रस्ट्याएको थियो । त्यति मात्रै नपुगेर अमेरिकाले फेरि पछिल्लोपटक विश्वका अति विकशित देशहरूको समूह (जी ७) को विदेशमन्त्रीहरूको बैठकमै (कोभिड–१९) नामक महामारीको भाइरसलाई ‘चाइनिज भाइरस’ वा ‘वुहान भाइरस’ भनी पारित गर्न प्रस्ताव गरेको थियो । तर, सो प्रस्तावमा विश्वका अति विकशित देश भनिएका अन्य देशका विदेशमन्त्रीहरूले स्वीकार गरेनन् । हुन त चिनियाँ सरकारी अधिकारीहरूले पनि ट्रम्पलाई तत्कालै जवाफ दिँदै चीनले सन् २०१९ को कुनै महिनामा आयोजना गरेको सैनिक तालिममा भाग लिन आउँदा अमेरिकी सेनाले ल्याएको भाइरस भनेका थिए, (कोभिड–१९)लाई ।त्यसो त यो पङ्क्तिकार विशेषज्ञ होइन, तापनि यस सन्दर्भमा कति अमेरिकी नागरिकहरू पर्यटक भएर चीन घुम्न जान्छन् र कति चिनियाँ नागरिकहरू पर्यटक भएर अमेरिका घुम्न जान्छन् । सो सम्बन्धमा एक तथ्याङ्क उल्लेख गरिएको छ । किनभने, सन् २०१९ को डिसेम्बर मध्य–अन्त्यदेखि सन् २०२० को मार्चको सुरु महिनासम्म दुवै देशका नागरिकहरूले पक्कै पनि एक अर्कोको देशमा भ्रमण गर्ने क्रममा (कोभिड–१९) रोगको संक्रामक भाइरस सार्न केही न केही भूमिका खेले होलान् कि ! भन्ने यो अकिञ्चन अर्थात् ‘केही नजान्ने कुलुङे’को अनुमान वा भनौँ शंका छ । यसरी तथ्याङ्क हेर्दा चीन भ्रमण गर्ने विदेशी पर्यटकहरूमा अमेरिकाका नागरिकहरू सातौँ देशको रूपमा रहेको देखिन्छ । जस्तो कि अमेरिकीहरू सन् २०१३ मा २० लाख ८५ हजार ३००, सन् २०१४ मा २० लाख ९३ हजार २००, सन् २०१५ मा २० लाख ८५ हजार ८००, सन् २०१६ मा २२ लाख ५० हजार जना चीन गएको देखिन्छ भने अमेरिका भ्रमण गर्ने विदेशी पर्यटकहरूमा चीनको स्थान पाँचौँ देशको रूपमा रहेको देखिन्छ । चिनियाँहरू पनि सन् २०१४ मा २० लाख एक हजार तीन सय दुई, सन् २०१५ मा २३ लाख नौ हजार छ सय ५४, सन् २०१६ मा २५ लाख ८७ हजार नौ सय ६८, सन् २०१७ मा २६ लाख ३० हजार तीन सय र सन् २०१८ मा २९ लाख ९१ हजार आठ सय १३ जना अमेरिका भ्रमणमा गएको देखिन्छ ।माथिको तथ्याङ्क किन दिइएको हो भने, सन् २०१९ को डिसेम्बर मध्य–अन्त्यदेखि सन् २०२० को मार्चको सुरु महिनासम्म कतिजना अमेरिकीहरू चीन गए ? अनि कतिजना चिनियाँहरू अमेरिका गए ? त्यसमध्ये सन् २०१९ को डिसेम्बर मध्य–अन्त्यदेखि सन् २०२० को मार्चको सुरु महिनासम्म कतिजना अमेरिकीहरू चीनको हुबेई प्रान्तको राजधानी वुहानलगायत चीनको विभिन्न प्रान्त, सहर र अन्य पर्यटकीयस्थलहरू घुम्न गए ? अनि सन् २०१९ को डिसेम्बर मध्य–अन्त्यदेखि सन् २०२० को मार्चको सुरु महिनासम्म चीनको हुबेई प्रान्तलगायत अन्य प्रान्त, काउन्टी र सहरबाट अमेरिकाको कुनकुन ठाऊमाँ कति चिनियाँहरू घुम्न गए ?

पत्ता लगाएर टे्रसिङ गरेमा अमेरिकालाई हाल उसको देशमा पैmलिएको (कोभिड–१९) को संक्रमण रोक्नका लागि केही सजिलो हुन्थ्यो कि ? यसो गर्न सके पक्कै पनि अमेरिकी सरकारका लागि (कोभिड–१९) को संक्रमण रोक्न केही सजिलो हुन सक्छ । हाल १९९ भन्दा बढी देशमा (कोभिड–१९) को संक्रमण पैmलिसकेको छ भने, संयुक्त राष्ट्र संघअन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ लाई विश्वभरि पैmलिएको महामारी (प्यान्डेमिक) भनी घोषण गरेको छ । केही देशले भने, आप्mनो देशमा नोबेल कोरोनाभाइरस नपैmलियोस्, एक व्यक्तिलाई देखापर्नेबित्तिकै भविश्वलाई दृष्टिगत गरी पहिले नै सावधानी अपनाएका थिए । त्यसले गर्दा हालसम्म पनि ती देशमा (कोभिड–१९) ले उनीहरूलाई खासै सताएको छैन । यस्तो देशमा खास गरी सिंगापुर र भुटान पर्छ । जसले बेला छँदै र नोबेल कोरोना भाइरस डिजिज–१९ अर्थात् (कोभिड–१९) रोगको संक्रमण आप्mनो देशमा फैललिनुभन्दा अघि नै पाइला चालीहालेको गर्दा विश्वकै पर्यटकीय केन्द्र, व्यापारिक केन्द्र र आर्थिक कारोबारको केन्द्रका भएर पनि सिंगापुरमा ‘नोबेल कोरोना भाइरस डिजिज–१९ अर्थात् कोभिड–१९ रोग’को संक्रमणले टाउको उठाउन पाएन । हुन पनि भविश्वलाई दृष्टिगत गरी पहिले नै सावधानी अपनाएका थिए । त्यसले गर्दा हालसम्म पनि सिंगापुरमा सुरुमा (कोभिड–१९) ले २ जनाको ज्यान भनेपछि एक जनाको ज्यान गयो । यसरी सिंगापुरमा तीन जनाबाहेक अरुले ज्यान गुमाउन परेको छैन । त्यस्तै हाल १९८ जना बिरामी छन् । त्यसमा १९ जना सिकिस्त बिरामी छन् । त्यसो त सिंगापुरले पनि सुरुमा (कोभिड–१९) प्रति हेलचेक्र्याईँ गरेको भए वा केही होइनभैmँ गरेर बसेको भए विश्वकै पर्यटकीय केन्द्र, व्यापारिक केन्द्र र आर्थिक कारोबारको केन्द्र सिंगापुर पनि (कोभिड–१९)का कारण बिरामी हुने र ज्यान गुमाउनेहरूको लर्कोभित्र पर्न सक्थ्यो । उता सार्क राष्ट्र भुटानमा पनि ६ मार्च, सन् २०२० मा ‘नोबेल कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण’ पहिलोपटक देखा परेको थियो । ६ मार्च, सन् २०२० मा भुटान भ्रमण गर्न आएका अमेरिकी पर्यटकमा पहिलोपटक ‘नोबेल कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण’ देखा परेको थियो । त्यसको ६÷७ घण्टामै भुटान सरकारले ती अमेरिकी पर्यटक कहाँ–कहाँ गए ? कस–कसलाई भेटे ? सोधखोज गरेर ती पर्यटकसँग सम्पर्कमा आएका सबैलाई लगेर क्वारेनटाइनमा राख्यो । फलतः भुटानमा ‘नोबेल कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण’ सुरुमा दुई जना देखा परेका थिए भने हाल तीन जना थप भएको छ । तीमध्ये कोही पनि सिकिस्त बिरामी छैनन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie