कोषलाई महासंघको ५९ लाखको चेक, ९१ लाखको अत्यावश्यक सामग्री

कोषलाई महासंघको ५९ लाखको चेक, ९१ लाखको अत्यावश्यक सामग्री

काठमाण्डौं,चैत १७

नेपाल उद्योग वाणिज्य महासंघले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा सहयोग गरेको छ । महासंघकी अध्यक्ष भवानी राणाले उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखेरललाई आइतबार सिंहदरबारमा ५९ लाखको चेक हस्तान्तरण गरिन् । साथै बाँकी ९१ लाखबराबरको स्वास्थ्य तथा खाद्यान्नलगायतको सामग्रीहरू महासंघले सहयोग दिने जनाएको छ । सो अवसरमा महासंंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकालसहितको उपस्थिति थियो ।

महासंघले लकडाउनका समयमा कामविहीन भई बसेका श्रमिकहरूलाई खाद्यान्न सामग्रीहरू उपलब्ध गराउने भएको छ । आफ्नो देशैभर रहेको सञ्जालमार्फत महासंघले उद्योग व्यवसायमा काम गर्ने श्रमिक कामदारहरूको तथ्यांक संकलन गरिरहेको जनाएको छ । महासंघले यसअघि सरकारलाई दशहजार थान मास्क र २ सय ५० सेट व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरिसकेको छ भने थप स्वास्थ्य सामग्री संकलनमा पनि महासंघ लागिरहेको जनाएको छ । महासंघले संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई मनन गर्दै मुलुकलाई परेको अप्ठ्यारो समयमा सरकारलाई हरतरहले सहयोग गर्दै आएको बताएको छ । महासंघले कोभिड–१९ नेपालभर फैलिनसक्ने सम्भावना देखी सोको रोकथाम, नियन्त्रण तथा निर्मूल गर्न नेपाल सरकार मन्त्रिपरिषद्बाट यसअघि भएको लकडाउनसम्बन्धी निर्णयलाई मनन गरी लकडाउनको अवधिभर अत्यावश्यक उद्योग व्यवसायहरू बाहेक सबै उद्योग प्रतिष्ठानहरू बन्द गरी त्यहा“ कार्यरत कामदार कर्मचारीहरूलाई विदा दिन आग्रह गरेको थियो ।

त्यसैगरी महासंघले कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न नेपाल सरकारले ल्याएका सबै कार्यक्रम, नीति तथा स्वास्थ्य योजनाहरूको प्रभावकारी कार्यान्वयनमा महासंघले आफ्ना सबै संयन्त्रको प्रभावकारी परिचालनमार्फत सहयोग पु¥याउँदै आएको जनाएको छ । महासंघका सवै सदस्य संघ÷संस्था उद्योग प्रतिष्ठानहरूलाई अत्यावश्यक सामग्रीहरूको पारदर्शी र निष्पक्ष रूपमा विक्रि वितरण गर्न तथा आम जनमानसमा अनावश्यक रूपमा अत्यावश्यक सामग्रीहरूको भण्डारण नगर्न आग्रह गर्ने र सरकारलाई पनि अत्यावश्यक सामग्रीहरूको बिक्रीवितरणलाई प्रभावकारी बनाई जनमानसमा निर्धक्क हुने वातावरण बनाउन आग्रह समेत गरेको छ ।

प्रतिकृया दिनुहोस


Techie