लकडाउन पछि सुनसान बन्यो कञ्चनपुर, जनजीवन प्रभावित

लकडाउन पछि सुनसान बन्यो कञ्चनपुर, जनजीवन प्रभावित

कञ्चनपुर, चैत्र १०
कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने संकेत देखिएपछि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर ‘लकडाउन’ गरिएको छ । लकडाउन पछि बजार क्षेत्र लगायत कञ्चनपुरका विभिन्न ठाँउहरु सुनसा न बनेका छन् ।स्थानीय प्रशासनले गएराति १२ बजेदेखि लागू हुने गरी भीमदत नगरपालिकाका दैनिक उपभोग्यका पसल, राहत उद्दार बाहेक यातायात, सम्पूर्ण बजार, पसल, व्यवसाय, उद्योग र कलकारखाना पनि बन्द गर्ने निर्णय गरेपछि बजार सुनसान बनेको हो । सधै जसो साधारण रुपमा चलि रहेको दैनिकी फेरिए पछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । प्रशासनले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्किन आग्रह गरेपछि मानिसहरु घरभन्दा बाहिर गएका छैनन् जसले गर्दा बजार क्षेत्र लगायत विभिन्न ठाउँहरु सुनसान बनेका हुन । बजार क्षेत्रका सबै व्यवसायहरु ठप्प गरिएका छन् भने यातायात सेवा समेत बन्द गरिएको छ ।अहिले बजार क्षेत्रमा प्रहरी परिचालन गरिएका छन ।

सडकमा प्रहरी बाहेक सर्वसाधारण देखिएका छैन्न् । महेन्द्रनगरमा छिटफुट देखिएका मानिसहरुलाई पनि अतिआवश्यक बाहेक आवातजावत गरिरहेकाहरुलाई प्रहरीले फर्काइरहेको छ । सर्वसाधारणलाइ अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन समेत प्रमुख जिल्ला अधिरकारी नुरहरि खतिवडाले आग्रह गरेका छन् । कञ्चनपुर प्रशासनले आइतबार बेलुका देखिनै बजार क्षेत्रमा सर्वसाधारणलाई घरबाहिर ननिस्किन आग्रहगर्दै माइकिङ्ग समेत गरिरहेको छ ।कञ्चनपुरका महेन्द्रनगर बजार लगायत अन्य विभिन्न क्षेत्रहरु ग्ड्डाचौकी, ब्रह्मदेब, झलारी, कलुवापुर, बेल्डाँडी, बेलौरी र पुर्नवास लगायतका बजार क्षेत्रहरुमा संधै जसो भिडभाड नभएर सुनसान जस्तै बनेका विभिन्न क्षेत्रका सहकर्मीहरुले जानकारी दिएका छन् ।गड्डाचौकी क्षेत्रमा सरसफाईनेपालको पश्चिमी क्षेत्रको मुख्य नाका गड्डाचौकीमा भीमदत्त नगरपालिकाले सरसफाई गरेको छ ।कोरोना भाइरसको संक्रमण जोखिम न्यूनिकरण गर्न भन्दै दमकलको सहायताले सोमबार बिहान भीमदत्त नगरपालिकाको दमकल लिएर पानीले पुरै सडक सफा गरिएको माउन्टेन सहकर्मी पुस्कर भट्टले ले जानकारी दिए ।

प्रतिकृया दिनुहोस



विविध

Techie