निगमको मलेसियाको क्वालाम्पुरमा भर्दै आएको नियमित उडान स्थगित

निगमको मलेसियाको क्वालाम्पुरमा भर्दै आएको नियमित उडान स्थगित

काठमाडौं, चैत ५
नेपाल वायुसेवा निगमले मलेसियाको क्वालाम्पुरमा गर्दै आएको नियमित उडान हाललाई स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनिकरण गर्न मलेशिया सरकारले सबै विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएकोले क्वालालम्पुरको नियमित उडान हाललाई स्थगित गरेको निगमले जनाएको छ । मंगलबार र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने निगमले जनाएको छ । २०२० मे ३० सम्म यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको पनि निगमले जनाएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie