डिशहोमको रियालिटी शो ‘सुनौलो तारा’ सञ्चालनमा

डिशहोमको रियालिटी शो ‘सुनौलो तारा’ सञ्चालनमा

काठमाडौं, चैत ३
नेपालमा नै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभा उजागर गर्न फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रसारण गर्न थालेको छ । नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बालसंस्थामा चार सयभन्दा बढी बालबालिकाहरुको अडिसनपछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम डिशहोमले सुरु गरेको हो । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा गत शनिबारदेखि प्रसारण भएको यो कार्यक्रम हरेक हप्ता शुक्रबार र शनिबार राति ८ः३० बजे प्रसारण हुनेछ ।

रियालिटी टिभी डिशहोमको सम्पूर्ण प्याकेजका ग्राहकहरुको लागि उपलब्ध गराइएको छ । सुशीला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रमलाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ । यस कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई क्रमशः नगद ५ लाख, ३ लाख र १ लाख रुपैयाँ डिशहोमले प्रदान गर्ने जनाएको छ । अन्य आकर्षक पुरस्कारहरु पनि विजेताले प्राप्त गर्नेछन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie