सेन्हाइजर इलेक्ट्रोनिक्स एसियाको नयाँ वितरकमा नियोटेरिक नेपाल

काठमाडौं, चैत ३
सेन्हाइजर इलेक्ट्रोनिक्स एसिया पीटीईएलटीडी (सेन्हाइजर एसिया)द्वारा नेपालमा वितरण विस्तार गर्नको लागि विशेष वितरकको रुपमा नियोटेरिक नेपाललाई नियुक्त गरेको छ । नेपालमा आईसीईटी (इन्फरमेसन, कम्युनिकेसन एण्ड इन्टरटेनमेन्ट टेक्नोलोजी) वितरणमा संलग्न नियोटेरिक नेपालकै अग्रणी कम्पनी हो । आम उपभोक्ताहरुदेखि थोक बिक्रेताहरुसम्म वर्षौँदेखिको मजबुत एवं सुमधुर सम्बन्ध भएको नियोटेरिक नै सेन्हाइजर एसियाको हेडफोन र होम अडियो स्पिकर बिक्री वितरणको लागि योग्य प्रोत्साहक हो ।

नियोटेरिकसँगको सहकार्यले सेन्हाइजरको एसियाली क्षेत्रमा व्यापार विस्तार कार्यमा थप सहयोग पुग्ने विश्वास लिएको कम्पनीले जनाएको छ । नियोटेरिक नेपालले वितरण गर्ने सेन्हाइजरका थुप्रै उत्पादनहरु मध्ये एम्वीयो साउण्डबार पनि एक हो । सेन्हाइजर एसियाका कन्ज्युमर इलेक्ट्रोनिक्स रिटेलका उपाध्यक्ष क्रिसलोले नियोटेरिकसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए । नेपालभर स्थापित नेटवर्कको फाइदा उठाई व्यापार प्रवर्धनमा थप अवसरहरुको लाभ लिन सकिने भएकोले सेन्हाइजर एसियाको लागि नियोटेरिक उत्तम विकल्प साबित भएको कम्पनीले दाबी गरेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie