१४औं टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेता घोषित

१४औं टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेता घोषित

काठमाडौं, चैत २
युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (टोयोटा)ले १४औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका भाग्यशाली विजेताहरुको नामावली घोषणा गरेको छ । भोईथ कम्प्लेक्समा शुक्रबार आयोजना गरिएको एक समारोहमा विजेताहरुलाई पुरस्कार र प्रमाणपत्रसहित सम्मानित गरिएको थियो । डिसेम्बर २०१९ देखि फेबु्रअरी २०२० सम्म सञ्चालन भएको यस कला प्रतियोगितामा ३० वटा विभिन्न विद्यालयहरुबाट एक हजारभन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।

प्रविष्टिहरुमध्ये प्रत्येक प्रविष्टि कोटीका शीर्ष ३ कलाकृतिहरु विजेताको रुपमा चयन गरिएको थियो, जुन जापानमा आयोजना गरिने वर्ल्ड कन्टेष्ट २०२१ का लागि नेपालको प्रतिनिधित्व गर्दै प्रवेश गर्न सफल भएका थिए ।

कम्पनीका अनुसार उक्त प्रतियोगिताले विश्वका हरकुनामा रहेका बालबालिकाहरुलाई गतिशीलताको भविष्यप्रति उनीहरुको विचारधारा उनीहरुको ड्रिम कारका चित्रहरुमार्फत साझा गर्नका लागि आमन्त्रण गर्दछ । हरेक महान् विचार सपनाको झलकबाट पैदा भएका कारण यस क्रियाकलापले पनि आउँदो पुस्ताका महान् आविष्कारक, चिन्तक र कल्पनाशील व्यक्तिहरुको रचनात्मकता उजागर गर्दछ भन्ने कुरामा टोयोटा निकै आशावादी रहेको बताएको छ ।

सन् २००४ देखि सञ्चालन हुँदै आएको यस कला प्रतियोगिता टोयोटाको सामाजिक योगदानको एक प्रमुख हिस्साका रुपमा रहेको बताएको छ । सन् २०१९ मा मात्र विश्वभरका ८६ मुलुक र क्षेत्रहरुबाट ९ लाख ५० हजार प्रविष्टिहरु आएका थिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie