फरार प्रतिवादी पक्राउ

दमौली, माघ १०
लागुऔषध मुद्दामा जिल्ला अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–६ बस्ने २७ वर्षीय बमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विकलाई व्यास नगरपालिका–३ दमौली बजारबाट बिहीबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । पक्राउ परेका विकलाई जिल्ला अदालत पेश गरिएकोमा तोकिएको कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको छ । अदालतले विकलाई वि.सं. २०७५ जेठ १४ गते एक महिना २३ दिन कैद र रु. सात हजार जरिवानाको फैसला गरेको थियो । त्यसयता विक फरार सूचीमा रहेका थिए । विक विसं २०७३ चैत १५ गते व्यास नगरपालिका–२ सिद्धार्थ चोकबाट लागुऔषधसहित पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस


Techie