ओपोले इन्नो डेको आयोजना गर्ने

ओपोले इन्नो डेको आयोजना गर्ने

काठमाडौं, मंसिर २०
ओपोले चीनको शन्ढचनमा पहिलो ओपो इन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ । डिसेम्बर १० तारिखका दिन इन्नोडेको आयोजना गर्न लागेको जनाएको छ । ‘क्रिएट बियोन्ड बाउन्ड्रिज’ सिद्धान्तअन्तरर्गत आयोजित हुने ओपो डेले फाइभजी युगमा अत्याधुनिक प्रविधि र सेवाहरूको व्यापक तथा गहन एकीकरणका बारेमा प्रकास पार्ने प्रयत्न गर्नेछ । फाइभजी, एआई, क्लाउड, बिग डाटालागायत अन्य अत्याधुनिक प्रविधिको तीव्र विकास तथा समायोजनले उद्योगलाई नै नयाँ आयाम दिने तीव्र सम्भावना रहेको अवस्थामा कार्यक्रमले औद्योगिक क्षेत्रका विशेषज्ञहरूका साथमा प्रविधिको भविष्य पनि केलाउने प्रयत्न गर्ने जानकारी दिइएको छ ।

पछिल्लो वर्ष ओपोले आन्तरिकरूपमा प्राविधिक प्रदर्शनीको आयोजना गर्दै आफ्नो आरएण्डी क्षमता र विभिन्न क्षेत्रमा प्राप्त अन्वेशणका बारेमा जानकारी दिएको थियो ।सोही कार्यक्रममा विभिन्न उद्योगका विशेषज्ञहरूका साथमा मोबाइल उपकरणमा भित्रिने सम्भावित नयाँ प्रविधिलगायतका बारेमा गहन अन्तरक्रिया पनि आयोजना गरेको थियो ।

पछिल्लो वर्ष आयोजित सो कार्यक्रमबाट उत्प्रेरित हुँदै आपो इन्नो डे, यस पटक वैश्विक मिडिया, विश्लेषक, औद्योगिक पार्टनर्सलगायत सर्वसाधारणका लागि पनि खुला गरिएको छ । यस वर्षको कार्यक्रममा ओपोले फाइभजी, एआर र आईओटीलगायत कञ्जसमर टेक्नोलोजीका क्षेत्रमा हात पारेका आफ्ना नौला अवधारणा तथा उपलब्धि प्रस्तुत गर्नेछ । कार्यक्रमले कम्पनीका प्रमुख औद्योगिक पार्टनर्सलाई प्रविधिको भविष्यका बारेमा आफ्ना धारणा प्रस्तुत गर्न मञ्च पनि प्रदान गर्नेछ । ओापो इन्नो डेले उद्योगका विशेषज्ञहरू, पार्टनर्सहरू र अपिनियन लिडर्सहरू लाई आमन्त्रित गर्दै फाइभजीले ल्याउने व्यापक परिवर्तनमाथि प्रकाश पार्ने प्रयास पनि गर्नेछ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस