सनफ्लो सनफ्लावर तेलको लक्की–ड्र विजेतालाई हिराको हार हस्तान्तरण

सनफ्लो सनफ्लावर तेलको लक्की–ड्र विजेतालाई हिराको हार हस्तान्तरण

काठमाडौं, मंसिर २०
सनफ्लो सनफ्लावर तेलले “सनफ्लोमा पकाऔँ मीठो परिकार, साथमा पाऔँ हिराको हार उपहार” योजनाअन्तर्गत दोस्रो लक्की–ड्र कार्यक्रमका विजेताहरूलाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरेको छ । नेपालगञ्ज त्रिभुवन चोक निवासी पूजा कुमारी बैशले आकर्षक हिराको हार र जनकपुर रमानन्द चोक निवासी राम विनोद रायलाई हिराको लकेट हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी काठमाडौँ निवासी हरिप्रसाद पराजुली र मोरङ पथरी निवासी दुर्गामाया पोखरेललाई हिराको टप हस्तान्तरण गरिएको छ । सनफ्लो सनफ्लावर तेल हिराको हार उपहार योजनाको दोस्रो लक्की–ड्र विजेताहरूको नाम गत हप्ता इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी घोषणा गरिएको थियो । 

केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रालिले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि सुरु भई सीमित अवधिका लागि मात्र लागू रहने कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागी हुन उपभोक्ताहरूले आधा लिटर वा एक लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ । लक्की–ड्रमार्फत एक जना विजेताले हिराको हार, दुई जना विजेताले हिराको टप र दुई जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एक जना भाग्यशाली विजेताले बम्पर लक्की–ड्रमार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस