स्वस्तिकको उपहार विजेता घोषणा

स्वस्तिकको उपहार विजेता घोषणा

काठमाडौं, कात्तिक २२
काठमाडौंको इन्द्रचोकमा रहेको मिठाइ शोरुम स्वस्तिक स्वीट्स एण्ड स्न्याक्सले दशैँ, तिहार तथा छठको उपलक्ष्यमा आयोजना गरिएको उपहार योजनाको नतिजा लक्की ड्रमार्फत घोषणा गरेको छ । आफ्नै शोरुममा ग्राहकमाझ लक्की ड्रको कार्यक्रम आयोजना गरी ग्राहकहरुकै हातबाट विजेताहरुको छनौट गरिएको थियो ।

जसमा बम्पर उपहार दियो स्कूटर – टेकुस्थित गोयल मेटल इडष्ट्रिज, पहिलो उपहार ४३ इन्च सामसुङ स्मार्ट टिभी – मखनटोलका संजय अग्रवाल, दोस्रो उपहार एलजी वासिङ मेसिन – पुरानो बानेश्वरका रामहरी अर्याल, तेस्रो उपहार भिडियोकन रेफ्रिजेरेटर – डल्लूका उमेश कुमारले जितेका छन् भने अन्य थुप्रै ग्राहकहरुले सान्त्वना उपहारहरु जितेका छन् ।

कम्पनीका कार्यकारी निर्देशक श्रवण घिराइयाका अनुसार स्थापना यो एक वर्षमा स्वस्तिक स्वीट्स एण्ड स्न्याक्सले आफ्नो ग्राहकहरुका लागि उच्च गुणस्तरको कोलकत्ताको प्रख्यात ब्राण्ड भिखाराम चादमल (कोलकत्ताको प्रख्यात ब्राण्ड)को विभिन्न प्रकारका मिठाइ, भुजियाका साथै शुद्ध शाकाहारी रेष्टुरेन्टको सुविधा प्रदान गर्दै आइरहेको छ । स्वस्तिकलाई ग्राहकहरुद्वारा धरै रुचाइएको उनले बताए ।

साथै यो उपहार कार्यक्रम गरेपछि आफ्नो ग्राहकमाझ अझ बढी नजिकिएको अनुभव भएको उनको भनाइ छ । आफ्ना ग्राहकहरुको हितका लागि भविष्यमा पनि अझ बढी सहुलियत तथा यस किसिमको योजना ल्याउने उनले बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस