शाओमीद्वारा नेपालमा पाँचौं आधिकारिक सर्भिस सेन्टर सुरु

शाओमीद्वारा नेपालमा पाँचौं आधिकारिक सर्भिस सेन्टर सुरु

काठमाडौं, कात्तिक २२
शाओमी ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा आफ्नो पाँचौं आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । कम्पनीले नारायणघाट बिहीबार पाँचौं सर्भिस सेन्टरको घोषना गरेको हो । शाओमीले दुई महिनाको अवधिमा धेरै सर्भिस सेन्टरहरु सञ्चालनमा ल्याएको छ । अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नेपालगञ्ज र इटहरीमा रहेका छन् ।

ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा बिक्रीपछिको सेवा सञ्जाल विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ । यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, ‘शाओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित छौं ।’ शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ भएकाले बिक्रीपछिको सेवा र ग्राहक सेवाप्रतिको प्रयास कार्यान्वयन गर्न जारी राख्ने कम्पनीले जनाएको छ ।

यस्ता प्रयासले कम्पनीलाई नेपाली ग्राहक र एमआई फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र हामीलाई देशभर बढ्न मद्दत पु¥याउने कम्पनीको भनाइ छ । ‘हामीले आशा गरेका छौं कि यो नयाँ सर्भिस सेन्टरले नेपालभरका हाम्रा सबै प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पुर्याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ’, उनले भने ।

यी सर्भिस सेन्टरहरु सञ्चालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको कम्पनीको भनाइ छ । सर्भिसको टर्नअराउन्ड समयमा उल्लेखनीय गिरावटसँगै पर्याप्त पहुँच योग्यताले कम्पनीलाई नेपालमा एमआई फ्यानहरुप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस