सूर्यविनायकमा ६० प्रतिशत अनुदानमा धानको बीउ वितरण

सूर्यविनायकमा ६० प्रतिशत अनुदानमा धानको बीउ वितरण

भक्तपुर, वैशाख ३० 
सूर्यविनायक नगरपालिकाले आफ्ना नगरभित्रका किसानलाई ६० प्रतिशत अनुदानमा विभिन्न जातका धानको बीउ वितरण शुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेको देशव्यापी लकडाउनले धानको बीउ अभाव भएपछि नगरपालिकाले विभिन्न जिल्लाबाट खरिद गरिएको धानको बीउ किसानलाई आजबाट वितरण गर्न शुरु गरेको हो ।

नगरपालिकाले नगरक्षेत्रका एकदेखि १० सम्मका सबै वडाकार्यालयमार्फत ६० प्रतिशत अनुदानमा प्रतिकिलो रु. ४८ का दरले खुमल–४ मसिनो, खुमल–१० मसिनो, खुमल–११ ताइचीन र ताइचीन–११ जातको धानको बीउ वितरण शुरु गरेको नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले जानकारी दिए । नगरपालिकाले सम्बन्धित वडा कार्यालयमार्फत बुधबारसम्म धानको बीउ वितरण गर्ने भएको हो ।

यस वर्षदेखि नगरपालिकामा कसैले पनि जग्गा बाँझो राख्न नपाउने नियम बनाएपछि धान बीउको माग पनि बढ्न सक्ने नगरपालिकाले आँकलन गरेको छ । नगरपालिकाले यस वर्षदेखि जग्गा बाँझो राख्नेलाई कारवाही गर्ने नीति लिएपछि विगतमा बाँझो हुने बारीहरुमा समेत मकै र विभिन्न जातका तरकारी रोप्न थालिएको छ ।

प्रतिकृया दिनुहोस


Techie