ज्योति लाइफको प्रमुुख कार्यकारीमा खत्री

ज्योति लाइफको प्रमुुख कार्यकारीमा खत्री

काठमाडौं, वैशाख २३
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृतको पदमा प्रकाशविक्रम खत्री नियुक्त भएका छन् । कम्पनीका अनुसार आइतबार बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि सोही कम्पनीमा उपप्रमुख कार्यकारी रहेका खत्रीलाई यही वैशाख २१ गतेदेखि लागु हुने आगामी चार वर्षको लागि प्रमुुख कार्यकारीमा नियुक्त गरिएको हो । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ करोड ५१ लाख ४२ हजार सात सय ४६ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड सात लाख ४७ हजार पाँच सय १६ रूपैयाँ रहेको थियो ।

चुुक्ता पुँजी एक अर्ब ५४ करोड रूपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी नौ रूपैयाँ ९७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय २६ रूपैयाँ ९८ पैसा रहेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie