शुभारम्भ सहकारीको खुद नाफा १५ लाख

शुभारम्भ सहकारीको खुद नाफा १५ लाख

जनकपुरधाम, असोज १५
शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाको गत आर्थिक वर्षको खुद नाफा १५ लाख भएको छ । जनकपुरधाम चारमा रहेको उक्त सहकारी संस्थाले जनकपुरधाम उपमहानगरपालिकाका वडाहरूमा आफ्ना कार्यक्षेत्र बनाएर विगत नौ वर्षदेखि काम गर्दै आएका छन् । जनकपुरमा संस्थाको नवौँ साधारण सभामा दिएको जानकारीअनुसार उक्त संस्थाले चालू आर्थिक वर्षमा कुल आम्दनी एक करोड ६३ लाख ९१ हजार नौ सय ७९ अनुमानित गरिएको छ ।

संस्थाका अध्यक्ष सुधिर पाण्डेयको अध्यक्षतामा भएको उक्त साधारण सभाबाट दिइएको जानकारीअनुसार संस्थाको आयकरअघिको खुद मुनाफा१६ लाख ६६ हजार आठ सय ६७ रहेको छ । संस्थाको असार मसान्तसम्मको कारोबारअनुसार जम्मा ब्याज आम्दनी एक करोड चार लाख ७८ हजार दुई सय ४७, जम्मा ब्याज खर्च ५९ लाख २१ हजार छ सय एक तथा कुल सञ्चालन आम्दनी ६३ लाख दुई हजार सात सय ४४ रूपैयाँ रहेको जनाइएको छ । त्यस्तै प्रशासनिक खर्च ४६ लाख ३५ हजार आठ सय ६७ रहेको जनाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको प्रमुख आतिथ्यमा भएको उक्त साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार संस्थाको नगद मौजदात हिसाब एक लाख पाँच हजार पाँच सय ७४, बैंक मौजदात हिसाब एक करोड १५ लाख दुई हजार छ सय ४८, ऋण लगानी छ करोड ६३ लाख ८० हजार आठ सय ३३ गरी कुल सम्पत्ति आठ करोड १२ लाख ८४ हजार एक सय ४० रहेको जनाइएको छ । यो आँकडा गत आर्थिक वर्षमा छ करोड छ लाख ५८ हजारआठ सय ९१ रहेको थियो । साधारण सभामासंस्थाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie