जनमुखी सहकारीको नाफा साढे दुई करोड

जनमुखी सहकारीको नाफा साढे दुई करोड

दोलखा, असोज १२
बैतेश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरीमा अवस्थित जनमुखी सहकारीले दुई करोडभन्दा बढी नाफा कमाउन सफल भएको छ । यस संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा आइपुग्दा २ करोड ६२ लाख ३१ हजार २ सय खुद नाफा कमाउन सफल भएको छ । संस्थाको २२औँ वार्षिक साधारणसभामा सहकारीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष लक्ष्मण चौलागाईंले संस्थाको कुल पुँजी ७६ करोड १९ लाख ६६ हजार ८ सय रहेकोे जानकारी दिए । संस्थाले दोलखाको पश्चिमी क्षेत्र लामोसाँघु जिरी सडकको मुख्य सडक क्षेत्रमा रहेको मैनापोखरी बजारमा आफ्नै भवन निर्माण गरी मुख्य कार्यालय राखेर तीन सय ६५ दिन नै सेवा प्रदान गर्दै आएको छ ।

सहकारीको सेयर पुँजी सात करोड नौ लाख ७५ हजार पाँच सय पुगेको छ । संस्थामा समग्र दोलखा जिल्लाका नौवटा स्थानीय तहका १६ हजार पाँच सय ८० जना सदस्य संस्थामा आबद्ध भएर बचत गर्दै आएका छन् । संस्थाको सञ्चालक समितिको प्रतिवेदन सहसचिव राजन केसीले प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले सहकारी अभियानको प्रमुख थलो बैतेश्वर गाउँपालिकाले सहकारीको पैसाबाट उत्पादन मुखी र आयआर्जनतर्फ लगानी गर्नुपर्ने बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie