व्यावसायिक खेतीमा आकर्षण

अर्घाखाँची, असोज ९
अर्घाखाँची जिल्लाका कृषकहरू आधुनिक व्यावसायिक खेतीमा आकर्षित भएका छन् । गाउँ–गाउँमा सडक पुगेपछि जिल्लाका कृषकहरू व्यावसायिक खेतीमा आकर्षित भएका हुन् । वर्षमा दुई पटक मात्र मकै, गहुँ र जौको खेती गर्ने यहाँका कृषकहरूले अहिले बाह्रै महिना आफ्नो खेतबारीमा नगदेबाली र तरकारीको खेती गर्न लागेका छन् ।

जिल्लामा आलु, गोलभेडा, बन्दा, काउली, सिमी, साग, प्याज, लसुनलगायतको तरकारी खेती गरी कृषकहरूले लाखौं रूपैयाँ कमाउन थालेका छन् । कृषकहरूले पछिल्लो समयमा सुन्तला, कागती, मौसमी, कफी, अदुवा अलैंची खेतीबाट पनि मनग्य आम्दानी लिन थालेका छन् । गाउँ–गाउँमा सडक पुगेपछि आफ्नो उत्पादनलाई बजारसम्म पु-याउन सहज भएपछि व्यावसायिक खेतीमा आकर्षित भएको कृषकहरूको भनाइ छ ।

गाउँ–गाउँमा सडक पुगेपछि स्थानीय कृषकहरू नगदेबाली, फलफूलका अतिरिक्त पशुपालन व्यवसायमा पनि निकै आकर्षित भएका छन् । कृषकहरूले गाई तथा भैँसी पालन गरी मनग्य आम्दानी गरेका छन् । जिल्लामा साविकका पणेना, पटौटी, हंसपुर, खनदह, अर्घातोष, मरेङ, भगवती गाविसका कृषकहरूले यसै वर्ष मात्र पनि करिब दुई करोडको सुन्तला बिक्री गरेका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie