पञ्चशील बहुउद्देश्यीय सहकारीको नाफा आठ करोड ६९ लाख 

पञ्चशील बहुउद्देश्यीय सहकारीको नाफा आठ करोड ६९ लाख 

काठमाडौं, भदौ २३
पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लि.ले आव०७५/०७६ मा आठ करोड ६९ लाख ५० हजार चार सय ६० रूपैयाँ ६२ पैसा नाफा आर्जन गरेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षको भन्दा ४९.९३ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ । संस्थाको आर्थिक वर्ष ०७५/०७६ मा सेयर पुँजी १२ करोड २३ लाख ५७ हजार एक सय रूपैयाँ रहेको छ । संस्थाले बचत (निक्षेप) एक अर्ब ३७ करोड ३८ लाख ११ हजार सात सय ४५ रूपैयाँ ९४ पैसा संकलन गरेको छ भने संस्थाले वार्षिक कारोबार एक अर्ब ८७ करोड २६ लाख २० हजार चार सय ९९ रूपैयाँ ९८ पैसा पु-याउन सफल भएको छ ।

संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रूपमा आफूलाई स्थापित गर्न सफल भएको जनाएको छ । यस संस्थाले आव ०७५/०७६ मा एक करोड ५६ लाख ५१ हजार ८२ रूपैयाँ ९१ पैसा आयकर दाखिला गर्न सफल भएको छ । संस्थाले विभिन्न सामाजिक क्रियाकलापअन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । संस्थाले समयतालिका बनाई सेयर सदस्यहरूलाई विभिन्न सिप मुलक तालिम दिने, अन्तरक्रिया गर्नेलगायतका कार्यहरू गर्दै आइरहेको छ । 

सदस्यहरूलाई अझ प्रभावकारी ढंगले सेवा प्रदान गर्न साथै प्रविधिमूलक कारोबारको वातावरण उपलब्ध गराउने उद्देश्य लिई संस्थाले गत आव २०७५/०७६ देखि मोबाइल एसएमएस, स्मार्ट मोबाइल बैंकिङ र एटीएमको सुविधा दिइरहेको जनाएको छ । संस्थाले आफ्ना सेयर सदस्यहरूलाई अझ सहज ढंगले सेवा सुविधा दिने उद्देश्यका साथ आव ०७५/०७६ को सुरुदेखि काठमाडौँ, खिचापोखरी, न्यूरोडमा चौथो सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । संस्थाले आव ०७५/०७६ मा आफ्नो सेयर सदस्यलाई १७ प्रतिशत सेयर लाभांश प्रदान गर्न सफल भएको जनाएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie