दोलखाका तीनवटा बचत सहकारीलाई एक्सेस ब्राण्ड

दोलखाका तीनवटा बचत सहकारीलाई एक्सेस ब्राण्ड

दोलखा, भदौ २०
दोलखाका तीनवटा बचत तथा ऋण सहकारी संस्थाले एक्सेस ब्राण्ड प्राप्त गरेका छन् । तीनमध्ये दुईवटा संस्थाले रजत र एउटा संस्थाले कास्य स्तरको ब्राण्ड प्राप्त गरेको नेफ्स्कुनले जनाएको छ । जनसचेतन बचत तथा ऋण सहकारी संस्था काव्रे र मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोटले रजत स्तर अर्थात् सिल्भर ब्राण्ड प्राप्त गरेका छन् । त्यसैगरी हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोटले कास्य स्तर अर्थात ब्रोन्ज ब्राण्ड प्राप्त गरेको छ । यसैबिच दोलखाको ३ सहकारी सहित नेपालका २४ वटा बचत तथा ऋण सहकारी संस्थाले एक्सेस ब्राण्ड पाउन सफल भएका छन् । 

२४ मध्ये ८ संस्थाले रजत र १६ संस्थाले कास्य स्तरको ब्राण्ड प्राप्त गरेको नेफ्स्कुनले जनाएको छ । हालसम्म ६४ वटा बचत तथा ऋण सहकारी संस्थाहरु एक्सेस कार्यक्रममा आबद्ध रहेका छन् । २०७६ साउन देखी भदौसम्म एसियाली ऋण महासंघबाट आएका स्वतन्त्र परीक्षकहरुले सहकारीका विभिन्न ४ विधामा परिक्षण गरेको थियो । संस्थाको वित्तीय अवस्था, सदस्य दृष्टिकोण, व्यवसायिक सक्षमता र सिकाई एवम् वृद्धिमा कुल ८६ वटा सुचकको आधारमा अकु र नेफ्स्कूनको प्राविधिक टोलीले एक्सेस अन्तिम परीक्षण गरेको थियो ।

एक्सेस कार्यक्रम एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा एशियाली स्तरमा साकोस क्षेत्रका विकासलाई आन्तरिकीकरण गर्ने उद्धेश्य सहित नेफ्स्कूनले वि.सं. २०६५ सालदेखी सञ्चालनमा ल्याएको कार्यक्रम हो । एक्सेस ब्राण्डिङ कार्यक्रमले संस्थामा ४ आयामहरु अन्र्तगत वित्तीय पक्ष, सदस्यता पक्ष, आन्तरिक कार्यसञ्चालन प्रक्रियाको पक्ष र सिकाइ तथा वृद्धि पक्षको अनुगमन गर्दछ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie