गोल्यानको शतप्रतिशत प्रांगारिक कृषि उपज ‘माटो’

गोल्यानको शतप्रतिशत प्रांगारिक कृषि उपज ‘माटो’

काठमाडौं, भदौ १२
गोल्यान एग्रो प्रालिले माटो ब्रान्डमार्फत प्रांगारिक कृषि उपजको उत्पादन तथा वितरण गर्ने काम सुरु गरेको छ । यस कम्पनीले ‘माटो’ ब्रान्डका नामले देश विदेशमा विषादीमुक्त कृषिजन्य उत्पादनहरुको विक्रि वितरण गर्ने अभियान सुरु गरेको छ । यसमार्फत देशको कृषि उत्पादनमा उल्लेख्य वृद्धि आई व्यापारघाटा कमी गराउनुको साथै कृषकहरुको स्तरोन्नति र रोजगारीको वातावरण सिर्जना हुने कम्पनीले दाबी गरेको छ । 

कम्पनीले पहिलो चरणमा २०० बिघामा व्यावसायिक फार्मको स्थापना गरेको छ जसले देशको उत्पादन वृद्धि गर्ने अभियानमा सफल उदाहरण प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै कम्पनीले देशभरिबाट नै कृषिजन्नय उत्पादनहरुको संकलन गरी बिक्री वितरण कार्य शुभारम्भ गरिसकेको छ । यसमार्फत कृषक र उपभोक्ता दुवैलाई अधिकतम लाभ भई दिगो कृषि व्यवसायको विकास हुनेछ । कम्पनीले उत्पादन, संकलन र बजारीकरण गर्ने सम्पूर्ण कृषि उपजहरु रासायनिक विषादीमुक्त हुने बताइएको छ । स्वस्थ नागरिक र स्वस्थ देशको परिकल्पना लिएर कम्पनीले शून्य विषादी भएको प्राङगारिक उत्पादन लिएर आएको बताएको छ । 

प्राङगारिक तरीकाले उत्पादन गरीएको तरकारी तथा फलफुलमा ४०–५० प्रतिशत बढि एन्टिअक्सिडेन्ट (रोग प्रतिरोधक गुण) हुन्छ । अहिले माटो ब्रान्डमार्फत अधिकतम मौसमि तरकारीहरुको बिक्रीवितरण भइरहेको छ । साथै आगामी दिनमा फलफूल, चिया, कफी, मसला, बासनादार चामल, महलगायतमा सम्पूर्ण कृषि उपजहरुको बिक्रीवितरण गर्ने कम्पनीले जनाएको छ । हाल काठमान्डौका भाटभटेपन, बिगमार्ट लगायतका स्टोरहरुमा माटो ब्रान्डका कृषि उपजहरु उपलब्ध छन । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie