नेपालको आर्थिक तथा सामाजिक विकासमा गैरसरकारी संस्थाको महत्व

गैरसरकारी शब्द ग्रीक साहित्यको ब्लबचअजष्कत को प्रत्यक्ष अनुवाद हो । जसको अर्थ विना वा गैर हुन्छ । यसैले गैरसरकारी संस्था सरकार भिन्दा भिन्दै वा गैरसरकारी संयन्त्रमा चल्ने संस्थाहरू हुन् भनेर बुझ्न सकिन्छ । संयुक्त राष्ट्र संघको वडापत्रमा पनि गैरसरकारी संस्था भन्नाले अन्तर सरकारी सम्झौताबाट स्थापित नभएका संगठनलाई संकेत गरेको छ । गैरसरकारी संस्था भनेको के हो ? भन्ने बारेमा विभिन्न विद्वानहरूको आफ्नैै आफ्नैै तरिकाहरूबाट परिभाषा गरेका छन् गैरसरकारी संस्थाहरूको कार्य क्षेत्र बृहत र फराकिलो छ जसमा वातावरण, सामुदायिक विकास तथा खासगरी गरिबीका कारण प्रति विभिन्न कार्यक्रम र उत्प्रेरणा जगाउने कार्यहरू हुन्छन् ।

संस्था दर्ता ऐन २०३४ को दफा २ (क) मा गरिएको परिभाषा अनुसार “सामाजीक धार्मिक, साहित्यिक सांस्कृतिक, वैज्ञानिक, शैक्षिक, बौद्धिक, सैद्धान्तिक, शारिरीक, आर्थिक, व्यावसायिक, तथा परोपकारी कार्यहरूको विकास र विस्तार गर्ने उद्देश्यले स्थापना भएको संघ, संस्था क्लब मण्डल, परिषद, अध्ययन केन्द्र, मैत्री संघ आदिलाई गैरसरकारी संस्था’को रूपमा लिइएको छ । नाफाको उद्देश्य नराखी सेवाको भावना जगाई समाजको धार्मिक तथा बौद्धिक, सांस्कृतिक, वैज्ञानिक, शैक्षिक, आर्थिक, व्यवसायिक तथा परोपकारी कार्यहरूको विकास र विस्तार गर्न गैरसरकारी तथा सामाजिक संस्थाहरूको स्थापना गरिन्छ ।

गैरसरकारी संस्थाहरू विशेष वर्ग र व्यवसायको हितको लागि स्वस्फूर्त रूपमा स्थापना र सञ्चालन हुने आपसी सद्भाव तथा समझदारीको आधारमा आफ्ना कार्यक्रमहरू अगाडि बढाउने हुदा सरकारी क्षेत्रका तुलनामा बढी गतिशील, व्यवहारिक प्रभावकारी तथा कर्तव्यनिष्ट भई कुनै पनि राष्ट्रको उत्थान र चौतर्फि विकास अभियानमा आफ्ना विविध कार्यक्रमहरूको कार्यान्वयनद्वारा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् भन्ने मान्यता रही आएको छ । औपचारिक रूपमा गैरसरकारी संस्थाको उत्पतिको सन्दर्भलाई पाच किसिमबाट विश्लेषण गर्न सकिन्छ – (१) दैवी समस्या समाधानको लागि खुलेका संगठनहरू (२) सामाजिक सेवागत भावनाले खुलेका संगठनहरू (३) जाति, भाषा, धर्म आदिको संवद्र्धनमा खुलेका संगठनहरू (४) विकासका साझेदारी संस्थाका रूपमा खुलेका संगठनहरू (५) चेतनामूलक संगठनहरू । केही वर्षको अन्तरालमै गैससहरूको आकार र जटिलतामा वृद्धि भएको देखिन्छ । यस्ता गैससहरूको प्रभाव सार्वजनिक विषयका नीतिगत क्षेत्रहरूमा अझ बढ्दो स्थितिमा रहेको छ । गैससको महत्व बहुसंख्यक जनताको आधारभूत आवश्यकताको परिपूर्तिमा देखापरेको बजारमुखी नीतिको असफलता र राज्यको असफलताबाट उठेको छ । संयुक्त राष्ट्रसंघको घोषणा पत्रको धारा ६९ मा आर्थिक तथा सामाजिक समितिले आफ्नै क्षमतामा निर्भर रहने गैसससित उपयुक्त सल्लाह र सहयोगका लागि आवश्यक व्यवस्था मिलाउन सक्दछन् भन्ने उल्लेख गरिएको छ ।

राज्यको सहयोगी अंगका रूपमा रही काम गर्ने गैससप्रतिको दातृसंस्थाहरूको वैचारिक, आर्थिक तथा व्यवहारिक झुकावले पनि गैससको महत्व निकै बढाएको छ । (स्रोत : हन्ज वोन्गार्ज र देवराज दाहाल–ऐजन ऐजन)विश्व बैंकको परिभाषामा पनि एनजीओ भनेको त्यस्तो निजी संगठन हो जसले अशक्त, गरिब जनताको चाहना अभिबृद्धि गर्ने खालका कार्य गर्ने वातावरण संरक्षण गर्ने, आधारभूत सामाजिक सेवा पु-याउने र सामुदायिक विकासका कार्यहरू गर्नेछन् । एनजीओ भन्ने शब्दको अर्थ कुनै नाफा नकमाउने संगठन जो सरकारबाट स्वतन्त्र हुन्छ, त्यसलाई जनाउन प्रयोग गरिन्छ । एनजीओहरू मूल्यमा आधारित संगठनका प्रतिरूपक हुन् र साधारणतया सेवा प्रदान गर्ने, योजना तर्जुमा र अनुसन्धान गर्ने कबुलियत गरेका हुन्छन् । गैरसरकारी संस्थाको मूल्य र मान्यता नाफारहित र स्वयमसेवी हुन्छ । स्वायत्तता भएको नेपालो कानूनअनुसार विधिवत दर्ता हुनु, प्रजातान्त्रिक विचारधारामा विश्वास राख्नु, आफ्नो दायित्व तथा जवाफदेहीतालाई पूर्णरूपले वहन गर्न सक्नु, दलगत स्वार्थमा नलाग्नु, नेतृतवदायी क्षमतामा आधारित हुनु, यसका अन्य आधारहरू हुन् ।

गैरसरकारी संघ संस्थाको उद्देश्य कार्य क्षेत्र, पद्धति र प्रकारका आधारमा यिनीहरूलाई विभिन्न तहमा विभाजन गर्न सकिन्छ । एनजीओहरूलाई निम्न तीन किसिममा विभाजन गर्न सकिन्छ :– (१) सामाजिक कल्याणमा अभिप्रेरित गैरसरकारी संस्थाहरूः– गैरसरकारी संस्थाहरूको औपचारिक रूपमा विकास हुनुमा सामाजिक कल्याणबाट अभिप्रेरित हुनु हो । समाजमा देखिएका सामाजिक समस्याहरू, दैवी प्रकोप भोकमरी, स्वास्थ्य, शिक्षा आदि समस्याको समाधान गर्दै मानव सेवा गर्ने उद्देश्यले प्रेरितसंस्थाहरू यस अन्तर्गत पर्दछन् । स्थानीय क्लबहरू देखि क्षेत्रीय र स्थानीय तहका विभिन्न गैरसरकारी संस्थाहरू । (२) पेशागत गैरसरकारी संस्थाहरूः– विभिन्न क्षेत्रमा अनुभव प्राप्त व्यक्तिहरूले अध्ययन अनुसन्धानलाई जोड दिने मान्यताले स्थापना भएका गैरसरकारी संस्थाहरू यस अन्तर्गत पर्दछन् । (३) क्षेत्रगत निश्चित गरिएका गैरसरकारी संस्थाहरूः– यस शीर्षकअन्तर्गत अध्ययनका विभिन्न क्षेत्रहरूलाई समेटेर कार्य गर्ने गरी गैरसरकारी संस्थाहरू स्थापना भएका हुन्छन् :– जसमा शिक्षा, स्वास्थ्य सेवा, कृषि उत्पादन, निर्माण आदिमा निश्चित कार्यक्रम लिएर जान गैरसरकारी संंस्थाहरू यस अन्तर्गत पर्न आउछन् ।

गैरसरकारी संस्थाको पद्धतिको निर्धारण गर्दै कोर्टेन अगाडि भन्दछन्–पहिलो प्रस्तावको गैससहरूको प्राथमिकताको मुख्य विषय आफ्नो अस्तित्वको रक्षाको निम्ति संघर्षरत जनताहरूको मुक्ति र जनकल्याण थियो । दोश्रो पुस्ताका गैरसरकारी संस्थानहरू साना खालका आत्मनिर्भर स्थानीय संस्थाहरूको विकास गर्ने उद्देश्यले स्थापना भएको थिए । तेश्रो पुस्ता समन्वित विकास गर्ने उद्देश्यले गैससको स्थापना भएको थियो । यस पुस्ताका गैससले विकासका लागि दिगो प्रणालीको विकासका लागि जन सहभागिता र जन अभिप्रेरित विकास प्रक्रियाको लागि काम गरेका छन् । चौथो पुस्तामा कार्टेनले गैरसरकारी संस्थाहरूको मूल अभिप्राय विकासका लागि वैकल्पिक रणनीतिको रूपरेखा तयार पार्नु हो भनेका छन् ।

धेरै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू द्वितीय विश्वयुद्धपछि युद्धबाट पीडित व्यक्तिहरूलाई मद्दत गर्न खुलेका थिए । उदाहरणका लागि सन् १९४२ मा अकसफाम, सन् १९४५ मा केयर स्थापना भई कल्याणकारी कार्य गर्न थाले । युरोपको आर्थिक स्थितिमा सुधार आएपछि, संस्थाहरूले विकासोन्मुख देशतर्फ ध्यान दिन थाले । सन् १९७० को दशकमा विकासले विपन्न वर्गलाई गरीबी र अन्यायबाट उकास्न सहयोग गर्न सक्छ भन्ने धारणा थियो । ब्राजिलका शिक्षाविद् पाउलोफेरीको सचेतनाको सिद्धान्तबाट ब्राजिलका गैरसरकारी संस्थाहरू प्रभावित भए । साक्षरता कक्षाद्वारा विपन्नहरूलाई सचेत एवं शक्ति सम्पन्न गराउने धारणा देखाप-यो । स्थानीय तहमा चेतनाको विकास गरी स्थानीय स्रोत र साधनको अत्यधिक परिचालन गर्न गैरसरकारी संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । क्षमता बृद्धि गर्नुपर्छ भन्ने भावनालाई आत्मसात गराउने जनताको क्षमता बृद्धिको पहिचान गरी कार्यक्रमहरू सञ्चालन गर्ने काममा गैरसरकारी संस्थाहरूले ठूलो भूमिका निर्वाह गर्न सक्छन् ।

समाजको हितको लागि मुनाफा नलिने उद्देश्यले स्थापित स्वयंसेवी संघसंस्थालाई गैर–सरकारी संस्था भनिन्छ । गैरसरकारी संस्थाहरूले स्थानीय स्तरमा संचालित विकास कार्यक्रमहरूमा स्वास्थ्य तथा जनसंख्याका पक्षहरू आबद्ध गर्न, जनताो पहुँचमा कार्यक्रम पु-याउन, योजना व्यवस्थापनमा जनसहभागिता जुटाउन मेरुदण्डकै रूपमा कार्य गर्दछन् । साथै विकेन्द्रीकरणको भावना अनुसार जनताको घर दैलोमा ार्यक्रम पु-याउने संस्थाको रूपमा पनि लिन सकिन्छ । गैससहरूले आफ्नो क्षमता अनुसारको परिवार संख्या व्यवस्थापन गर्न, विकास निर्माण कार्यमा अपनत्व जगाउन, विकासको प्रतिफल समान रूपले सबै क्षेत्रका जनताको पहुचमा पु-याउन, जनतालाई सशक्तीकरण गर्न, मानवअधिकारको प्रत्याभूति दिलाउन र सरकारलाई जनताप्रति उत्तरदायी बनाउन जस्ता कार्यमा दबाब समूहका रूपमा कार्य गर्न सक्तछन् र अन्तत्वोगत्वा प्रजनन् दर, मृत्यु दर र बसाइँ–सराइमा यथोचित व्यवस्थापन गर्न सघाउ पु-याउँछन् । यसमा यिनीहरू समूह निर्माण गरी घर दैलो पहुँच एवं घुम्ती शिविर जस्ता कार्यक्रमको माध्यमबाट जनतमा पुग्न सक्दछन् ।

गैरसरकारी संस्थाहरू मूलत एक वा त्यो भन्दा बढी उद्देश्यहरू राखेर संगठित भएका सामाजिक कार्यकर्ताहरू विकास व्यवसायीहरू परोपकार कार्यकर्ताहरू, मानवअधिकार कार्यकर्ताहरू, वातावरण कार्यकर्ताहरूका संस्थाहरू हुन् । गैरसरकारी संघ संस्थाहरू सानो प्रशासनिक संयन्त्रमा आबद्ध रही कार्यक्रम संचालन गर्दछन् । जनतासँग प्रत्यक्ष सम्पर्क राखि जनतालाई नै कार्यप्रति सचेतना जगाउँदै स्थानीयस्तरमा स्रोत परिचालन गरि आय आर्जनका माध्यमबाट जनताको जीवनस्तर सुधार्ने पर्यत्न गरिन्छ । गैरसरकारी संस्थाहरूको औपचारिक रूपमा विकास हुनुमा सामाजिक कल्याणबाट अभिप्रेरित हुनु हो । समाजमा देखिएका सामाजिक समस्याहरू, दैवी प्रकोप, भोकमरी, स्वास्थ्य, शिक्षा आदि समस्याको समाधान गर्ने मानव सेवा गर्ने उद्देश्यले प्रेरित संस्थाहरू यस अन्तर्गत पर्दछन् । गैरसरकारी संस्थाहरूले समाजका पिछडिएका, अशक्त, महिला तथा असहाय वर्गको हितलाई केन्द्रीत गरेर आफ्ना क्रियाकलापहरू सञ्चालन गर्दछन् ।

परम्परागत कल्याणकारी कार्यहरूमा बढी संलग्नता रहेको र वर्तमानका आवश्यकता पूरा गर्न खास सफल भएको छैन । सुविधा सम्पन्न क्षेत्रमा बढी क्रियाशील रहनु र दुर्गम क्षेत्रमा गेरसरकारी संस्थाहरुको संलग्नता कम भएको पाइन्छ । गैरसरकारी संस्थाहरु निरन्तरता नरहनु र आंशिक समयको काम अन्य क्षेत्रमा आबद्ध भएकाहरुले फुर्सदको समयमा वा आंशिक समयमा टहलाउने ठाउको रुपमा मात्रै गैरसरकारी संस्थाहरु संलग्न रहेको पाइन्छ । साधन र स्रोतको उपलब्धी, वितरण र खर्च अपारदर्शी रहनु, संचालन/प्रशासनिक खर्च बढी रहनु, ठूला गैरसरकारी संस्थाहरु सभा सम्मेलन, गोष्ठी, सेमिनार, तलब जसता कार्यमा बढी खर्च गर्ने गरेका छन् । अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरु आफैं काम गर्न खोज्ने र कतिपय यस्ता संस्थाहरु गैरसरकारी संस्थाहरु मार्फत काम गर्नुपर्नेमा आफैं कार्य क्षेत्रमा उपस्थित रहनाले काममा बाधा पुगेको बुझिन्छ । जनताका प्राथमिकतामा वेवास्ता गरिनु र प्रबुद्ध र सभ्रान्तहरु सानो काम गरेर ठूलो प्रचार गरी चर्चामा आउन पनि गैरसरकारी संस्थाहरु स्थापना गर्नाले काममा झन् बाधा पुगेको देखिन आउछ । कतिपय गैरसरकारी संस्थाहरु दाताबाट जन्माइएका छन् र राजनीतिक धार्मिक वा अन्य स्वार्थपूर्ति गर्नका लागि पनि यस्ता संस्थाहरु स्थापना भएका छन् । गैरसरकारी संस्थाहरु केन्द्र मै बनावटी कार्यक्रम प्रस्तुत गरी दातृ संस्थाको सहयोग लिन चाहन्छन् । यिनीहरुलाई गाउँको वास्तविकताको पूर्ण जानकारी छैन । जसले गर्दा यिनीरुबाट संचालित कार्यक्रम समेत स्थानीय तहमा फलदायी हुन सकेका छैनन् ।

समन्वयको अभावले गर्दा स्रचालित कार्यक्रममा समेत दोहोरोपन आएको पाइन्छ । केन्द्रमा स्थापित संस्थाहरुको कार्य क्षेत्र स्वभावैले त्यसैको वरिपरिको गाउँ हुने भएकोले धेरैले यस्तै ठाउँमा कार्यक्रम चलाउँछन्, जहाँ उनीहरु सवारी साधनबाट सजिलै जान आउन सक्छन् । यस्तै काठमाडौं वरिपरिका गाउँहरु । अधिकांश यस्ता संस्थाको कार्यक्रम हेर्ने हो भने ठोस कार्यक्रम नभई केवल अध्ययन, गोष्ठी पुस्तिका, बुलेटिन प्रकाशन आदि मात्र पाइन्छन् । अधिकांश संस्थाहरु यस्तै गोष्ठी अध्ययन भै आफ्नो कार्यक्रमको शतप्रतिशत प्रगति सम्झन्छन् जसले गर्दा प्रतिवेदनहरुको मात्रै थुप्रो लागिरहेछ । तिनीहरुको कार्यान्वयन कहिले र कसले गर्ने हो थाहा छैन । सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् (हाल समाज कल्याण परिषद्) ले गैरसरकारी संस्थाहरुमा कार्यक्रमको समन्वय स्थापित गर्ने भए पनि यो प्रभावकारी हुन सकेको छैन । समन्वयको नाममा धेरैले नियन्त्रण र लामो औपचारिक प्रक्रियाको बाध्यता भएको महसूस गरेको पाइन्छ । जसले गर्दा स्वीकृत प्राप्त सबै संस्थाहरु यसमा दर्ता भएका पाइँदैनन् । कतिपय संस्थाहरुको ठोस कार्यक्रम भएपनि स्रोत र साधनको अभाव भएको पाइन्छ ।

कुनै पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाले आचारसंहिता पालना गर्नु आवाश्यक नठानेकोले र राज्यले समेत समयानुकुल आचार संहिता वनाई राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको त्यस्तो आचारसंहितालाई प्रभावकारी रुपमा पालना गर्न गराउन नसकेकको हुँदा विकृति बढा्उनमा थप मद्दत पुगेको देखिन्छ । विकासको नाममा जथाभावी वैदेसिक सहयोग स्विकार गर्ने प्रकृतिले थुप्रै विकृतिहरु बढेका छन । वैदेसिक सहायताको लक्षित समुहले कुनै लाभ प्राप्त नगर्ने तर सहायता स्विकार गर्ने लक्षित समुहले आर्थीक लाभ प्राप्त गर्दे आएका छन । त्यस्तो सहयोगको उपादेयता समेत पुष्टि हुन नसकेकोले यसले आर्थीक विकृति मात्रै बढाएको भन्दै यस्तो विकृति रोक्न वैदेसिक सहायताको नितिमा जोड दिन थालिएको छ । मुलुकको आर्थिक सामाजिक विकासमा सघाउन विभिन्न अन्तर्राष्टिय गैरसरकारी संस्थाहरुले नौ अर्ब सहायता उपलब्ध गराउने भएका छन्

ग्रामीण विकासका लागि गर्नुपर्ने कार्यक्रमहरु मध्ये क्षेत्रगत विकास कार्यक्रम र विशेष कार्यक्रम पनि महत्वपूर्ण कार्यक्रम संचालनको खानी थियो । त्यसै अनुरुप ग्रामीण विकासका लागि अन्य क्षेत्र विकास कार्यक्रम संचालन गर्नुपर्छ । जसलाई यतजभच कउभअष्ब िउचयनचबmmभक भनिन्छ । यतजभच कउभअष्ब िउचयनचबmmभक भन्नाले पानी आपूर्ति, खाद्यान्न आपूर्तिका लागि ाभभमभच चयबमक स्वास्थसेवा सुविधा उद्योगको व्यवस्था र विकास गरिनुपर्दछ । कुनै एउटा निश्चित क्षेत्रगत रुपमा विशिष्ट कार्यक्रम लिएर जानुपर्छ र समस्यालाई क्षेत्रगत रुपमा परिचालन गर्नुपर्छ । र समस्यालाई क्षेत्रगत रुपमा विसिष्ट कार्यक्रम लिएर जानुपर्छ । संस्थालाई क्षेत्रगतरुपमा परिचालन गर्नुपर्छ र त्यहीँ समस्या समाधान हुनेखालको कउभअष्ब िउचयनचबmmभ तयार गर्नुपर्छ । खास गरी ग्रामीण वस्तीहरुमा कृषि क्षेत्रमा केही समय काम गरेर फुर्सदको समय त्यतीकै खेर फाल्ने गरेको पाइन्छ । त्यसैले यो कार्यक्रम कृषि क्षेत्र भित्र रहेका खेती गर्ने व्यक्तिहरको खास समस्या सँग सम्बन्धित छ ।

वर्तमान पन्ध्रौ योजना २०७६– २०८१ मा गैरसरकारी संस्थाहरू
सोच
व्यवसायिक, जवाफदेही र पारदर्शी सामुदायिक तथा गैरसरकारी संघसंस्था
लक्ष्य
राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूलाई मर्यादित,पारदर्शी र व्यवस्थित रूपमा परिचालन गर्दै सामाजिक तथा आर्थिक विकास गर्ने,
उद्देश्य
. राष्ट्रिय प्रथामिकताको क्षेत्रमा संघ संस्थाको परिचालन, व्यवस्थापन र नियमन गर्नु,
२. राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूबाट प्राप्त हुने स्रोतको उपयोगलाई जवाफदेही र पारदर्शी बनाउदै मुलुकको सामाजिक तथा आर्थिक विकास गर्नु ।
रणनीति
१. राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूको परिचालनमा सहजीकरण गर्ने निकायलाई सक्षम, सुदेढ, जिम्मेवार र उत्तरदायी बढाउने,
२. राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूको पारदर्शीता, जवाफदेहीता सुनिश्चित गर्दै सहजीकरण, परिचालन, अनुगमन र मूल्याङकनलाई प्रभावकारी बनाँउने ।
३. राष्ट्रिय तथा अन्तराष्टिय गैरसरकारी संस्थाहरूको परिचालनलाई तीन तहको सरकारसँगको समन्वय र सहकार्य मार्फत सामाजिक तथा आर्थिक विकासमा अभिवृद्धि गर्ने,
४. राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरूको कार्य कुशलतालाई मापन योग्य बनाउने तथा एकीकृत तथ्याङ्क सूचना प्रणाली विकास गर्ने,

तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू पारदर्शी र उत्तरदायी भई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन भएको हृुने, नयाँ समाज कल्याण ऐन कार्यान्वयनमा आएको हुने र गैरसरकारी संस्थाको अधिकतम साधन स्रोत आर्थिक तथा सामाजिक पुँजी निर्माणमा प्रयोग भएको हुनेछ ।गैरसरकारी संस्थाहरु तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले ग्रामीण क्षेत्रमा सामाजिक सुधार, जनसंख्या नियन्त्रण, जनचेतनाजागरण, सीप अभिबृद्धि, महिला शिक्षा र सशक्तिकरण, अपाङ्ग, दलित र जनजातिको मूलप्रवाहीकरण, असहायको सुरक्षा जस्ता कार्य गराई देश र जनताका आर्थिक तथा सामाजिक आवश्यकतामा सुधार गर्न मद्दत पु-याउन सक्ने हुनुपर्दछ । गैरसरकारी संस्थाहरूमा देखा परेको समस्यालाई हटाउन राजनैतिक नियुक्ति र हस्तक्षेप बन्द गर्नुपर्दछ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie