भोलिवादले निम्त्याएको विकृति

भोलिवादले निम्त्याएको विकृति

नेपाली समाजमा विगतदेखि वर्तमानसम्म हरेक क्षेत्रलाई तरंगीत पार्ने कुनै तत्व छ भने त्यो निर्विकल्परूपमा भोलिमूलक संस्कृतिको विकास नै हो । जसले हरेक तह, तप्का र अङ्गलाई सूक्ष्मभन्दा सूक्ष्म तवरले विकृत पार्दै आएको छ । समुल राष्ट्रको आर्थिक, सामाजिक, प्रशासनिक एवं राजनीतिको क्षेत्रमा निकै ठूलो समस्याको रूपमा वर्षौँदेखि जरो गाडेर समस्यालाई उग्रता कायम गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्न सशक्तरूपमा भोलिवाद सफल भएको देखिन्छ । नकारात्मक भोलिवादको विकासले अन्ततः आर्थिक अपराधजन्य व्यवहारमा अभिवृद्धि भई राज्यलाई नै पश्वगमनउन्मुख मार्गमा डो¥याएर लैजान सक्ने हँुदा विशेष सर्तकता अपनाउनु पर्ने हुन्छ ।

प्रस्तुत गलत प्रभावलाई हामीले कतिसम्म अनुसरण गर्दै आयौँ कि विकास निमार्णको लक्ष्यसहित अगाडि बढेको आवधिक योजनाको कार्ययोजनामा समेत नकारात्मक संस्कृति हावि हुँदै गएको पाइयो । चालू पञ्चवर्षीय योजनाले पूरा गर्न नसकेको विकासको खातिर लिएको लक्ष्यलाई पछिल्ला पञ्चवर्षीय वा त्रिवर्षीय योजनाको लागि थाति राख्ने परम्पराको विकासले हामीले चाहेको आर्थिक सम्वृद्धि एवं विकासको मार्गलाई पहिल्याउन सक्दैनौँ भन्ने तथ्यलाई इङ्गीत गर्नेछ । जसका कारण हाम्रो सम्मुन्नतिमा घोषित वा अघोषितरूपमा अवरोध सिर्जनाको भागिदार आफैँ भएका छौँ । 

मुलुकमा कायम रहेका यसप्रकारका विकास विरोधी कार्यको सुरुवात कहिल्यै भयो भनेर यकिनका साथ भन्न सकिने अवस्था रहँदैन । राज्यका अति महत्वाकांक्षी आयोजना परियोजनाले निर्धारित समय सीमाभित्र आफ्नो लक्ष्य निर्धारण गर्न नसकी आर्थिक विकासको मार्गमा गतिरोध उत्पन्न हुनु भनेको निश्चितरूपमा भोलिवादको उच्चत्तम नमुनाबाहेक अन्यथा केही पनि हुन सक्दैन । समग्रमा हेर्दा यसप्रकारका खराब परिवेशलाई राज्यले समयमा नै नियन्त्रण गर्न नसकेको परिणामस्वरूप विकास योजनाको सुरुवाती अवस्था विसं २०१३ मा नै लागू भए पनि आजसम्म निर्धारित गरिएका हरेक आर्थिक योजनाले आफ्नो निर्धारित लक्ष्यमा शतप्रतिशत सफलता हासिल गर्न सकेको पाइएन । खराब परिसूचकको प्रभाव हरेक क्षेत्रमा रहेको हुँदा योजनाको प्रारूप सुरु भएको लामो समय बितिसक्दा पनि जनस्तरमा देखिने खालको विकास नभएको हुँदा समस्या सिर्जना भएको मात्र हो । 

विकासविरोधी धमिराको रूपमा रहेको भोलिवादसम्बन्धी अवधारणलाई जबसम्म आमूलरूपमा विस्तापित गरी आम नागरिक समाजलाई परिवर्तनको अनुभूति जनस्तरमा दिलाउन सकिँदैन तबसम्म आर्थिक विकास र समृद्धि कोशौँकोश टाढाको विषय हुनेछ । राज्यमा रहन आएका प्रस्तुत गलत व्यवहार समग्र विकास आयोजनामा मात्र सीमित नरही शाशकीय स्वरूपमा समेत केही हदसम्म विराजमान रहन आएको हुँदा अपवादबाहेक यसै तत्वको प्रभावस्वरूप नोकरशाहीतन्त्रमा समेत अनाचार, दुराचार, ढिलासुस्ती, आर्थिक अपराधको जालोको कारण निर्धारित समयसीमाभित्र आर्थिक विकासको लक्ष्य प्राप्तिमा बन्देज लाग्न जाने प्रवल सम्भावना जीवन्त रहेको छ ।

संस्थागतरूपमा चुलिँदै गएको भोलिवादको विकासले अन्ततः कर्मचारीतन्त्रलाई गैरजिम्मेवार बनाउँदै आफ्नो कर्तव्यबोधबाट पन्छिने प्रवृत्तिको विकासलाई मात्र प्रेरित गर्नेछ । जसले गर्दा सानोभन्दा सानो कामको लागि पन्छाउँदै भोलि गरौँला भन्ने सोचले तोकिएकको कार्य सम्पन्न हुन विलम्ब उत्पन्न भई नागरिक समाज एवं नोकरशाही बीचमा शीतयुद्धको प्रारम्भ हुनेछ । अतः नागरिक समाजमा आफ्नो काम जसरी पनि निर्धारित समयसीमाभित्रमा नै सम्पन्न हुनुपर्छ भन्ने अहम् मानसिक प्रभावको कारण समस्या समाधानमा गतिरोध उत्पन्न हुने देखिन्छ । परिणामतः गैरकानुनी प्रक्रियालाई अपनाएरै भए पनि कार्य सम्पन्न गर्नेपर्ने प्रवृतिको विकासले यस क्षेत्रमा ऋणात्मक प्रभाव पार्नेछ । जुन भोलिवादको चरम विकशित रूप मात्र हो । 

जुन विकासविरोधी हुनुको साथै सम्मृद्धिको लागि घातक मान्न सकिन्छ । मौलाउँदै गएको भोलिवादी प्रवृतिले अनावश्यकरूपमा समय बर्बाद गर्नुको साथै लक्ष्य प्राप्तिमा ठेस पुग्नेछ । प्रस्तुत अवस्थालाई नागरिक हितविपरीतको असामाजिक कार्यको अनुपम नमुना मान्न सकिन्छ । भोलिवाद उन्मुख व्यवहारको अभिवृद्धि गराउने कार्यमा केही हदसम्म नागरिक समाज स्वयं जिम्मेवार हुने गरेको पाइयो । के–कस्ता रितले वर्तमानमा कार्य सम्पन्न हुन नसकेको हो सो को सत्यतथ्य पहिचान नगरी प्रशासनिक निकायले दिएको निर्दैशनलाई सहजरूपमा स्वीकार गर्ने व्यवहार नै भोलि संस्कृतिको मूर्त रूप हो ।

मुलुकमा धेरै राजनीतिक परिवर्तनको अनुभूति गरीयो, व्यवस्थाहरू फेरिए तर हाम्रो मानसिकतामा अटलरूपले स्थापित रहँदै आएको भोलिवादको सन्देश पूर्णरूपले विस्थापित हुन सकेन । जुन पुरात्तन नोकरशाहीतन्त्रको अनुसरण गर्ने क्रममा भित्रिएको चरम अवगुणको रूपमा लिन सकिन्छ । प्रशासनिक निकायमा आसिन रहने समूहको सोच र व्यवहारमा जुनरूपमा परिवर्तन हुनुपर्ने थियो त्यसमा सुधार गर्न नसकिएको परिणामले निम्ताएको डरलाग्दो समस्याको रूपमा भोलिवादसम्बन्धी अवधारणालाई लिन सकिन्छ । पुरातन सोचाइ, मूल्यमान्यता, धार्मिक एवं जातीय समूहलाई राज्यका तर्पmबाट हेरिने दृष्टिकोणलाई एक्काइसौँ शताब्दीको गणतान्त्रिक नवयुगमा पदार्पण गराउँदै पुनर्निर्माण गर्नु अत्यन्त जरुरी भइसकेको छ । 

जसका लागि राज्यको प्रशासनयन्त्रमा रहने सूक्ष्मभन्दा सूक्ष्म सूचनामूलक तथ्यलाई विशेषरूपमा अध्ययन गर्नुपर्ने हुन्छ । यस तथ्यको गहन अध्ययनबाट अन्य सुराकहरू पहिल्याउन सहयोगीको भूमिका निर्वाह हुनेछ । प्रशासनिक निकायमा आवद्ध रहने समूहले सामान्य सूचनामूलक जानकारीलाई पनि गोप्य राख्दै भोलिवादलाई प्रोत्साहन दिन सक्नेछन् । यही त्यो कारक तत्व हो जसले समृद्ध पक्ष एवं नागरिक समाजबीच हुने गैरकानुनी लाभहानिको कार्यमा निर्णायक भूमिका निर्वाह गर्नेछ । तदुपरान्त भोलिवादले निश्चितरूपमा प्रश्रय पाउनेछ । तारन्ततार प्रश्नका पोकाहरू खोतलेर प्रशासनिक निकायलाई आक्रमक गराउनुभन्दा सहानुभूति, नम्रता एवं तर्कसम्मत ढंगले प्रस्तुत हुने हो भने निश्चितरूपमा भोलि हुने कार्यले आजै सम्पन्नता हासिल गर्न सक्ने कुरामा कुनै प्रकारको द्वविधा रहने छैन ।

यसप्रकारका विसंगतिपूर्ण अवस्थामा रहेका गलत व्यवहारलाई क्रमबद्धरूपमा सुधार गर्दै पारदर्शितासहितको सुशासनको सुनिश्चितता कायम गर्न सकिन्छ । सामान्यतया भोलि भन्ने शब्द नै विकासविरोधी भएको हुँदा, यो केवल नागरिक समाजलाई पन्छाउने नियतवश आएको विलचनयुक्त प्रशासनिक मनस्थितिको जालो हो । तसर्थः भोलिवादको बिसर्जन नै आर्थिक सम्मुन्नतिको आधार भएको हुँदा यसप्रकारको ऋणात्मक तत्वको प्रभावबाट पृथक रहनु आर्थिक विकास तथा समृद्धिलाई सहयोग गर्नु हो । जसले यस क्षेत्रमा रहेको तमाम नकारात्मक ऊर्जालाई व्यवहारत परिवर्तन गर्दै आमूल परिवर्तनको प्रत्याभूति प्रदान गर्न सम्भव रहनेछ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध