बालबालिकालाई सहयोग

नवलपरासी, कात्तिक २१ 
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१ का वडा सदस्य मनबहादुर थापामगरले अनाथ तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अध्ययनका लागि आर्थिक सहयोग गरेका छन् । पछिल्लो पटक सोमनाथ आधारभूत विद्यालयमा अध्यनरत खगेन्द्र श्रेष्ठ र गङ्गाप्रसाद श्रेष्ठलाई किताब, पोशाकलगायतका शैक्षिक सामग्री प्रदान गरेको विद्यालयका प्रधानध्यापक जगतप्रसाद पौडेलले जानकारी दिए ।

गरीबीका कारणले कोही पनि बालबालिका शिक्षाको अवसरबाट बन्चित हुन नपरोस भनेर आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई सहयोग गरेकोे वडा सदस्य थापाले बताए । उनले आर्थिक अवस्था कमजोर भई पढाइखर्च जुटाउन नसकिरहेका अन्य दुई विद्यार्थीको पनि अभिभाकत्व ग्रहण गरी शैक्षिक सामग्री सहयोग गरेको हो । वडा सदस्य थापाले आर्थिक वर्ष २०७४/७५ को शैक्षिक सत्रदेखि सोमनाथ आधारभूत विद्यालयमा अध्यनरत अनाथ विद्यार्थी गरीमा चौधरी र रोहित चौधरीको अभिभाकत्व ग्रहण गरेका थिए ।

प्रतिकृया दिनुहोस