आज दुुई अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गरिने

काठमाडौं, कात्तिक ७
नेपाल राष्ट्र बैंकले आज बिहीबार दुुई अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज बिहीबार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति कात्तिक १३ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको १० करोड र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँकोे रहेको छ ।

सोमध्ये ९१ दिने अवधिको परिपक्व हुुने मिति वि.सं. २०७६ माघ १४ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ साल फागुुन ११ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ  । यसअघि यही कात्तिक ४ गते पनि राष्ट्र बैंकले सात अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको २० करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँबराबरको रहेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस