नेपाल-अमेरिका एक दिवसीय क्रिकेट: नेपालद्वारा अमेरिका ३५ रनले पराजित

नेपाल-अमेरिका एक दिवसीय क्रिकेट: नेपालद्वारा अमेरिका ३५ रनले पराजित

काडमाण्डौँ,माघ २५

विश्वकप क्रिकेट लिग २ को शनिवार त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको छ।

टस हारेर ब्याटिङ गरेको नेपालले अमेरिका सामु १९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

४४.१ ‌ओभरको खेलमा अमेरिका 'अल आउट' भई सबै खेलाडी बाहिरिएका थिए। ३५ बल बाँकी छँदा नेपालले ३५ रनले अमेरिकामाथि विजय हासिल गरेको हो।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलको पहिलो इनिङ्ग्समा नेपालले १९० रन बनाएको थियो। ४९.२ ओभरमा नेपालले सबै विकेट गुमाएर अमेरिका सामु १९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेपाली खेलाडी

पहिलो इनिङ्ग्सको खेलमा नेपालको तर्फबाट बिनोद भण्डारी र कुशल मल्ल दुवैले अर्धशतक पूरा गरेका थिए।

भण्डारीले ५९ रन बनाएका थिए भने मल्ल ५० रन बनाउन सफल भए।

यो कुशल मल्लको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेल हो।

उनी १६ वर्षभन्दा कम उमेरका खेलाडी हुन्। उनले कम उमेरमैँ अर्धशतक पूरा गर्ने कीर्तिमान बनाएका छन्।

त्रिदेशीय श्रृङ्खला

नेपाली खेलाडी

आईसीसी क्रिकेट विश्वकप लिग २ को त्रिदेशीय श्रृङ्खला अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल भएको हो।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा खेल सुरु हुनुअघि नेपालले टस हारेपछि पहिला ब्याटिङ गरेको थियो।

आज पहिलो खेल खेलेका कुशल मल्ल रोहित पौडेलको स्थानमा आएका थिए।

त्यस्तै सुवास खकुरेलले शरद भेषावकरलाई प्रतिस्थापन गरेका छन्।

काठमाण्डूमा जारी त्रिदेशीय श्रृङ्खलामा नेपाल र अमेरिका दुवैले ओमानसँग पराजय भोगिसकेका छन्।

वीवीसी नेपाली सेवा बाट

प्रतिकृया दिनुहोस



विविध

Techie