शारीरिक सुगठन र खेलाडी

शारीरिक सुगठन र खेलाडी

केही समयअगाडि भएको आइएफबिबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप २०१९ को ‘ओमेन फिजिक’मा स्वर्ण जितेकी बिनिता राई नेपालबाट अमेरिकाको लास भेगासमा हुने मिस्टर ओलम्पियामा सहभागिता जनाएकी थिइन् । स्कुले जीवनदेखि वैवाहिक जीवन हुँदै बच्चा जन्मदाको अवस्थासम्म पनि राईलाई ढाड दुख्ने समस्याले हैरान पारेको थियो । यसै कारण व्यायामको सुरुवात गरेकी राईले ५ वर्षसम्म निरन्तर मिहेनत गर्दै आजको दिनसम्म ३ विभिन्न प्रतियोगितामा भाग लिँदै सफलता हासिल गरेकी छन् ।

राईले आफ्नो पहिलो प्रतियोगिताको रूपमा २०१८ को मिस्टर एभरेष्टमा सहभागिता जनाएकी थिएन् । सो प्रतियोगितामा उनी उपविजेता हुन सफल भएकी थिएन् । मिस्टर एभरेष्टको १५ दिन मै उनी पोखरामा भएको मिस्टर बुल्समेनमा सहभागी भई विजेता बन्न सफल भएकी थिइन् । राईको प्रमुख लक्ष्य भने मिस्टर बुल्समेन रहेको थियो र त्यहीअनुसार व्यायाम गरे पनि उनी मिस्टर एभरेष्टमा उपविजेताको दर्जा हासिल गर्न सफल रहिन् । राईले एक मात्र सहभागी भई मिस्टर ओलम्पियाको प्रो कार्ड ओमेन फिजिकमा जितेकी थिएन् । नेपालमा पहिलो पटक आएको मिस्टर ओलम्पियाको प्रो कार्डको विजेता भएर नेपालबाट प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली रहेकी छिन् ।

‘वोन्डेर वोमन’को उपनामले प्रख्यात रहेकी राई साँच्चै आफ्नो मिहेनतले सो नामको हक्दार बन्न सफल भएकी छिन् । खेलबाहेक एउटा आमा पनि रहेर बडिबिल्डिङमा नाम बनाउन सफल भएकी छिन् । धेरै कम महिला भएको यस खेल क्षेत्रमा निरन्तर सफल हुन बलियो आत्मबिश्वास दिने काम एकदम सहयोगी परिवारले गर्दै आएको छ । उनको परिवारमा पति र उनको छोरा रहेका छन् । यस्तै सधैं समर्थन गरेर अगाडि बढ्न उनको गुरुहरूको ठूलो हात रहेको बताउँछिन् । यस्तै राई खेलमा मात्र सीमित नरही आफ्नो पढाइ पनि स्नातकोत्तर तहसम्म उत्तीर्ण भएकी छिन् । उनी त्यतिमा मात्र सीमित नभएर क्यामरामा नि निकै रुचि राख्छिन् । उनले लण्डनको एस्केप स्टुडियोबाट कोम्पेसेटिङमा डिप्लोमा पनि गरेकी छिन् ।

नेपालमा पहिलो पटक मिस्टर ओलम्पियामा जाने बाटो खुलेको हो र पहिलो पटक नै एउटा नेपाली प्रतिस्पर्धी यश प्रतियोगितामा भाग लिएको थियो । बडिबिल्डिङ एउटा महँगो खेलको रूपमा लिने गरिएको छ र विश्वस्तरीय प्रतियोगितामा भाग लिन निकै खर्चिलो हुने छ । नेपालबाट पहिलोपल्ट भाग लिन जाँदा उनले आफ्नो खर्चबाट गरेकी थिइन् । कुनै संघसंस्था न त सरकारबाट केही प्रायोजनको दिइएको थियो । प्रथम महिला फिटनेश च्याम्पियनशिप २०७५ मा बज्र ननिता फिटनेशमा विनिता पहिलो भइन् । उनले पुरस्कारस्वरूप ४० हजार एक सय ११ रूपैयाँसहित ट्रफी पाइन् भने फिजिकल फिटनेशकी सुजिता मानन्धर दोस्रो र मसल वल्र्ड जिम काठमाडौँकी शोभा मानन्धर तेस्रो भइन् ।

शारीरिक सुगठनलाई नेपालमा न सरकारले गम्भीररूपमा लिएको छ । तर, जनस्तरमा नै यसको क्रेज ठूलो थियो । धेरैलाई यो तथ्यको जानकारी नै छैन कि नेपालले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा शारीरिक सुगठनबाट धेरै उपाधि जित्दै आएको छ । उपाधि जितेपछि सामाजिक सञ्जालमा तस्बिर हालेर बधाई दिन हतारो गर्ने सम्बन्धित निकायका अधिकारीहरू पनि खेलमा सहयोग गर्नुपर्दा भने नाक खुम्च्याउँछन् । अवस्था जस्तो भए पनि खेलाडीहरू भने राष्ट्रको पहिचानका लागि तपस्या नै गरेर उपाधि जित्न लागिपरेका छन् । व्यक्तिगत खर्चमा देशको नाम राख्न मेहनत गरेका छन् । त्यो मिहेनतअनुसार नै सफलता पनि पाएका छन् । तर, यसरी नै कहिलेसम्म चल्ला त ?

सहिद धर्मभक्त माथेमाले भारतको बङ्गालमा शारीरिक व्यायामशालाबाट सिकेको ज्ञान नेपालमा आएर प्रयोग गर्न थालेपछि नेपालमा शारीरिक सुगठनको अभ्यास हुन थालेको बताइन्छ । त्यो समय राजा त्रिभुवनको व्यायाम शिक्षकसमेत रहेका धर्मभक्तको बाटो पछ्याउँदै युवाहरू शारीरिक व्यायाममा लागेका थिए । २०१० सालमा नेपाल व्यायाम मन्दिरको नाममा काठमाडौँ ज्याठामा व्यायामशाला खोलियो । अहिले उपत्यकामा मात्रै त्यस्ता व्यायामशालाहरू झण्डै दुई सयको संख्यामा छन् ।

फाट्टफुट्ट भइरहेको अभ्यासलाई एकत्रित गरेर २०३५ सालमा भारत्तोलन तथा शारीरिक सुगठन संघ स्थापना भयो । संघ बनाएर पनि सोचेजस्तो प्रगति भने देखिएन । जसले गर्दा २०४७ सालमा भारत्तोलनलाई छुट्टै राखेर नेपाल शारीरिक सुगठन संघको नाममा राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत रहेर काम सुरु भयो । त्यतिबेलासम्म अन्तर्राष्ट्रियस्तरमा नेपालको सहभागिता निकै कम थियो । व्यक्तिगत रूपमा नै युवाहरू अन्तर्राष्ट्रिय सहभागितामा लागिपरेका थिए । देखिने गरेर काम हुन सकेको थिएन ।

२०६२ साल असोजमा राजेशबाबु श्रेष्ठको नेतृत्वमा शारीरिक सुगठन संघ आएपछि केही उपलब्धिहरू देखिन थालेका हुन् । विभिन्न ३० वटा जिल्लामा संघहरू बने । २०६४ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ भनेर व्यापकता दिइयो । अहिले संघले मिस्टर हिमालय भनेर दुई वर्षमा एक–पटक र मिस्टर नेपाल नाममा शारीरिक सुगठन प्रतियोगिता गराइरहेको छ । जिल्लास्तरमा अन्य प्रतियोगितासँगै नेपाल व्यायाम मन्दिरले गर्ने धर्मश्री शारीरिक सुगठन प्रतियोगिता पनि चर्चामा रहन्छ ।

देखिने गरी काम हुन थालेको छोटो समयमा शारीरिक सुगठन र फिटनेसमा नेपालको अन्तर्राष्ट्रिय सहभागिता उपाधिका हिसाबले अन्य खेलको तुलनामा राम्रो छ । खेलकुद परिषदले जुन तरिकाले हेर्नुपर्ने हो, हेरेको छैन । एक हिसाबले भन्दा हेपाहा प्रवृति नै देखिएको छ । शारीरिक सुगठनमा नेपालको एसियाली सहभागिता ४३औं एसियाली शारीरिक सुगठन प्रतिस्पर्धाबाट सुरु भएको हो । एसियाली शारीरिक सुगठन प्रतिस्पर्धा अहिले ५२औं वर्षमा पुगेको छ ।

‘अन्तर्राष्ट्रिय सहभागिता पहिलेदेखि नै सम्मानजनक भइरहेको छ । नेपालका खेलाडीले ४६औं एसियाली शारीरिक सुगठनमा रजत पदक जितेका थिए । एसियालीमा मात्रै होइन विश्व शारीरिक सुगठनमा पनि सहभागिता भइरहेको छ । निजीरूपमा सयौँको संख्यामा फिटनेस सेन्टरहरू भए पनि खेलाडीहरूको लागि प्रतियोगितामा जानको लागि अभ्यास गराउने ठाउँ छैन । आफ्नै खर्चमा कोही कहाँ, कोही कहाँ अभ्यास गर्छन् । जिम नाइजिम हल त टाढाको कुरा संघको अफिस कोठा पनि छैन । संघको बैठक बस्नुपर्दा कहिले कसकोमा कहिले कसकोमा बसिरहेका देखिन्छ ।

कहिल्यै पदक नजित्ने खेलमा पनि ठूलो खर्च र लगानी भइरहेको छ । यो खेल ओलम्पिकमा पर्दैन तर राम्रो स्तरमा पुगिरहेको छ । ओलम्पिकमा परिवारसहित जान मिल्ने खेलमा ध्यान दिने तर पदक जितेर देशको नाम राख्ने खेलमा ध्यान दिइँदैन । खेलाडीहरू सबैको एउटै किसिमको भावना छ । अरु खेलमा जस्तै प्रतियोगितामा जानुअघि क्लोज क्याम्पमा राखिदिएर डाइटहरूको व्यवस्था गरिदिए हुन्थ्यो । राज्यको तर्फबाट हेरिदिने गरी केही भइदिए हुन्थ्यो भन्ने उनीहरूको विचार छ । अरु खेलमा बगिरहेको करोडौँ रूपैयाँमा थोरै मात्र यसलाई छुट्याउने हो भने विश्वस्तरमा नेपालको उपस्थिति अझै राम्रो हुने उनीहरूलाई लाग्छ ।

राखेपले बजेट दिने हिसाबले शारीरिक सुगठनलाई ‘डी’ डिभिजनमा राखेको छ । जब ‘ए’ भनेर करोडौँ खर्च गरिने खेलले भन्दा यसले राम्रो नतिजा ल्याइरहेको छ । कठिन परिश्रम पर्ने भएकाले लगातार खेल्नुभन्दा आराम लिएर खेल्नुपर्छ । नियमित मिहेनत गर्नुपर्छ । जति जे गरे पनि खेलेर खेलाडीले पाउने भनेको त्यही मेडल र प्रमाणपत्र मात्रै हो । घरबाट साथ र सहयोग नपाउने हो भने शारीरिक सुगठनमा लाग्न असम्भव देख्छन् खेलाडी । तर महँगो खेल भएकाले कठिनाइ हुन्छ । (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie