
नेपाली सेनाले प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
अगामी मंसिर २० गतेदेखि जनकपुरमा हुन लागेको १३औँ दक्षिण एसियाली खेलकुद(साग)को कुस्ती खेलको लागि तयारी तीव्र पारिएको छ । जनकपुरधामको कवर्ड हलमा हुने महिला तथा पुरुष कुस्ती खेलका लागि कवर्ड हल मर्मतको काम जारी रहेको छ । १३औँ सागअन्तर्गतका विभिन्न खेलहरू काठमाडौँ, ललितपुर, पोखरा र जनकपुरमा हुँदै छ । जनकपुरमा पहिलोपटक सागको आयोजना हुन लागेको हो । मंसिर २० देखि २४ गतेसम्म आयोजना हुने सागका लागि जिल्ला खेलकुद विकास समितिको मुजेलियास्थित कभर्ड हलको मर्मतसम्भारदेखि रंगरोगनलगायतका कार्य तीव्र गतिमा अगाडि बढेको छ ।
कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।
नेपालले अहिले इङ्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब एमसीसी विरुद्ध तीन दिवसीय प्रथम श्रेणी क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।
धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका हुने महावीर झण्डासँगै प्रदेशस्तरीय कराते प्रतियोगिता हुने भएको छ । नेपाल क्योकुशिन कान कराते संघ प्रदेश नं. २ को आयोजनामा सोमबारदेखि सुरु हुने तीन दिवसीय प्रदेशस्तरीय कन्ट्याक कराते प्रतियोगितामा प्रदेशभरिका दुई सय छ जना खेलाडीहरुको सहभागिता रहने संघका प्रदेश अध्यक्ष बैजनाथ यादवले जानकारी दिए ।
मित्रराष्ट्र चीनको उहानमा संचालन भईरहेको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले मिति २०७६ कार्तिक ५ गते संचालन भएको महिलातर्फको ४०० मिटर दौडमा राष्ट्रिय किर्तिमान राख्न सफल भएकी छन् । उनले उक्त दुरी ५९. ५७ सकेण्डमा पुरा गरी यस अघिको ५९.९० सकेण्डको राष्ट्रिय रेकर्ड तोडेकी हुन् । तुलसा खत्रीले ९ वर्ष अगाडी सन् २०१० प्रमिला रिजालले राखेको रेकर्ड तोडेको हो । उक्त दौडमा २१ देशका प्रतिस्पर्धीले भाग लिएका थिए । यसै गरी ५ गते संचालन भएको महिलातर्फको १०० मिटर दौडमा नेपाली सेनाकी सरस्वती चौधरीले १२. ६६ सकेण्डमा उक्त दुरी पुरा गरी आफ्नो व्यक्तिगत रेकर्डमा सुधार गरेकी छन् ।
सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिता मा सहभागी राष्ट्रको आज यहाँ झण्डोत्तोलन भएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ । महासेनानी शशिकिरण रायमाझीको नेतृत्वमा नेपाली खेलाडी झण्डोत्तोलन
नेपाली क्रिकेटको उपलब्धि र अन्तर्राष्ट्रिय यात्रामा सारथि बनेका पारस खड्काले राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका छन्।
जीतबहादुर केसी नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रथम पटक पदक दिलाउने खेलाडी हुन् । उनको जन्म २००५ भदौ ४ दोलखा जिल्लाको चरीकोट पोगटीमा भएको हो । गरीब किसान परिवारमा जन्मिएका केसीको पिता बिर्खबहादुर र माता वन्दना हो । केसीका एक दाजु र दुई दिदीसहितको मध्यम परिवार थियो । पहाडका कान्लाहरू उक्लिँदै–ओर्लिंदै बालापन बिताए उनले ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा राष्ट्रिय विश्वविद्यालय खेलकुद संघको व्यवस्थापनमा प्रधानमन्त्री कप चौथो अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । आठ विश्वविद्यालय सहभागी प्रतियोगिताको बिहीबार पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरे । कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले खेल क्षेत्रको विकासबिना देश विकास हुन नसक्ने बताए ।
जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटको चौथो तथा अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ ।
प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ ।
सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपाल मजदूर किसान पार्टी नेमकिपा ले विरोध गरे पनि भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाएरै छाड्ने बताएका छन् ।
तेस्रो संस्करणको साफ यु–१८ फुटबल च्याम्पियनसिपअन्तर्गत आज भएको उद्घाटन खेलमा साविक विजेता नेपालले माल्दिभ्ससँग बराबरी खेलेको छ ।
नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपका लागि नेपालले २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको आज घोषणा गरेको छ ।
खुला जुुम्बा प्रतियोगितामा भीआर फिटनेशले पहिलो उपाधि हात पारेको छ । भक्तपुर जिल्लामा नै पहिलो पटक आयोजना भएको प्रतियोगितामा भीआरले अन्य सातवटा समूहलाई पछाडि पार्दे उपाधि हात पारेको हो । भीआर पिीटनेश लोकन्थली नै आयोजक रहेको उक्त प्रतियोगितामा सातवटा समूहले भाग लिएका थिए । प्रतियोगीतामा
दोलखामा भौतिक, सांस्कृतिक संरचना र पर्यटकीय धार्मिक सम्पदा निर्माण भएसँगै खेलमैदानमा पनि विकास हुने भएको छ । दोलखाको पुरानो खेलमैदान टुडिखेलको स्तरवृद्धि गरेर राष्ट्रियस्तरको खेलमैदान निर्माण हुने भएको छ । चरीकोटको टुडिखेल खेलमैदानमा विगत लामो समयदेखि जिल्लास्तरीय खेल कार्यक्रम हुँदै आएको छ । जिल्लाको प्रमुख खेलमैदानको रूपमा रहेको यस खेलमैदान यसै आर्थिक वर्षबाट एन्फाको मापदण्ड अनुसार स्तरोन्नति गर्न लागिएको जिल्ला फुटबल संघ दोलखाका अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिए ।
नेपाली फुटबल टिमका सफल कप्तान मानिने विराज महर्जन आसन्न फिफा विश्वकप छनोटको टिममा स्थान बनाउन सकेनन् । नेपाली राष्ट्रिय टिमलाई तीनवटा अन्तर्राष्ट्रिय कपको उपाधि दिलाएका विराज पछिल्लो पटक फिटनेसको समस्याका कारण टिमबाहिर रहन पुगे । नेपालले पहिलो पटक सोझै फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहँदा नियमित कप्तान विराज बाहिर हुनुले के विराज युगको अन्त्य भएको हो भन्ने प्रश्न खडा गरेको छ । नेपाली राष्ट्रिय टिमबाट धेरै क्याप जित्ने चौथो खेलाडी रहेका विराजले नेपाली टिमलाई अन्तिम पटक कप्तानी गरेको टिम चाइनिज ताइपेइविरुद्धको खेल थियो ।
जिल्लामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
चार वर्ष अगाडि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा सफल बनेका पुबुदु दशानायके पुनस् नेपाल आउने भएका छन्।