सिरियामा नौ बर्ष.....

सिरियामा नौ बर्ष.....

काठमाण्डौं,चैत २
१२ फेब्रुअरी, २०२० मा, सिरियाको कमीशिली शहरको पूर्वमा खिरबेत अम्मु गाउँमा रहेको अमेरिकी सैनिक क्याम्प नजिकै भेला भएका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।, रूसी, सिरियाली र अन्य व्यक्तिहरूबाट फाइल फ्रेम लिने काम भएको देखिन्छ । महामारी, विश्वव्यापी अशान्ति र द्रुत गतिमा चल्ने समाचार चक्रले ग्रस्त संसारमा सिरियाको युद्ध अझै भइरहेको छ भन्ने कुरा सम्झन गाह्रो हुन सक्छ। तर विगतका नौ वर्षहरुलाई नियालेर हेर्दा सिरियाले केहि पाएको होला तर धेरै गुमाएको छ । सिरियामा भएको द्धन्द्धमा परि हजारौ निर्दोष सर्वसाधरणहरुले ज्यान गुमाएका,छन्,लाखौँ मानिसहरु विस्तापित भएका छन् । द्धन्द्ध समस्याहरुको समाधान वन्न सक्छ,तर कुनै पनि मुलुक लामो समय सम्म द्धन्द्धमा फस्यो भने ,त्यसको भविष्य कता तिर जान्छ ,कुनै पनि मुलकमा शासन गर्ने शासकहरुले आफ्नो देशका नागरिकहरुको जिउ धनको रक्षा गर्नु पर्ने कत्वर्य हुन्छ । सिरिया जस्ता देशहरुमा अध्यन गदै जाने हो भने त्यहाँका मानिसहरुको दैनिकी सुरुवात बन्दुकको नालबाट ,बारुदको झर्राबाट विउझिन्छ । यसको प्रभाव कति पर्छ भन्ने कुराको उदाहरण लिनलाई हामि धेरै टाढा जानु पदैन । पर्किएर हेर्दा हुन्छ हाम्रो देशमा १० बर्षसम्म चलेको शसस्त्र जनआन्दोलन ,अहिले देशको अर्थतन्त्र कमजोर हुने कारणहरुमध्ये को यो पनि एउटा कारण हो ।

सिरियामा चलिरहेको बहु पक्षीय सशस्त्र युद्ध हो मुख्य रास्ट्रपति बसर अल असद नेतृत्वको सिरिया अरब गणतन्त्र र बिद्रोही द्वन्द्व सुरु हुनुभन्दा पहिला सिरियाभित्र राष्ट्रपति बशर अल असदको राष्ट्रपतित्वमा उच्च बेरोजगारी एवम् भ्रष्टाचार भएको र राजनीतिक स्वतन्त्रता नभएको भनेर गुनासो सुनिने गरिन्थ्यो। असदले सन् २००० मा आफ्ना बुवा हाफिजको निधन भएपछि सत्तारोहण गरेका थिए।छिमेकी देशहरूमा भएको ,अरब क्रान्तिको प्रभावमा सिरियाको दक्षिणी नगर डेरामा मार्च २०११ प्रजातन्त्रको समर्थनमा प्रदर्शनहरू भए।सरकारले विरोधीहरूलाई दमन गर्न व्यापक बल प्रयोग गरेपछि राष्ट्रपतिको राजीनामा माग गर्दै देशभरि विरोध प्रदर्शनहरू भएका थिए।गृहयुद्धमा अस्थिरता बढ्यो र दमन पनि सघन भयो। विपक्षीहरूले हतियार उठाएका थिए।पहिला आफ्नो सुरक्षाका लागि र पछि आफ्नो क्षेत्रमा सरकारी सुरक्षाकर्मीहरू आउन नदिन।विदेशीले उकासेको आतङ्कवादू भन्दै असदले त्यसलाई निमिट्यान्न पार्ने उद्घोष गरेका थिए।हिंसा तीव्र गतिमा बढ्यो र देश गृहयुद्धको चपेटामा परेको थियो।

लडाइँ केका लागि ?
त्यो लडाइँ असदका समर्थक र विरोधीबीच मात्र सीमित छैन।यसमा आआफ्ना उद्देश्य भएका समूह र देशहरू पनि संलग्न हुन आइपुगेका छन्। त्यसले गर्दा परिस्थिति अति जटिल भएको छ र द्वन्द्व लम्बिएको छ।ती समूह र देशहरूलाई सिरियाभित्र रहेका धार्मिक समूहबीच घृणा फैलाउन उक्साएको आरोप लाग्ने गरेको पनि पाइएको छ ।

बहुमतमा रहेका सुन्नी मुसलमानको समुदायलाई राष्ट्रपतिको ,शिया अल्वाइटु सम्प्रदाय विरुद्ध उकासिएको आरोप लगाइएको छ।

त्यस्तो विभाजनले दुवै पक्षबाट अत्याचार हुने गरेको र अशान्ति बढेको थियो।उनीहरूले जिहादी इस्लामिक स्टेट र अल काइदालाई पनि फैलिन दिएका थिए।

स्वशासनको अधिकार भएका तर असदका फौजसँग नलडेका कुर्दहरूले सिरियाको द्वन्द्वमा अर्को आयाम थपेका छन्। सिरियाली गृहयुद्धमा हिजबुल्लाहले बसर अल असदको पक्षमा लड्यो । हिज्बुल्लाहको प्रमुख सहयोगी इरानबाट उसले सिरियाको बाटो हुदै हतियार र सैनिक सामग्री आयात गर्छ। यदि सिरियामा बसर अल असदको सत्ता पल्टियो भने हिज्बुल्लाहलाई समेत संकट पर्ने भएकाले, उसले असद सत्ता टिकाउन पुरै बल लगायो ।यी सबै कारणहरले सिरियामा ९ वर्ष भन्दा लामो द्धन्द्धलाई बलिरहेको आगोमा तेल थपिदिएको थियो । यस्तो द्धन्द्धले सिरियाको आर्थिक अवस्था संकटमा गुजी्रएको त छ नै,यसको प्रत्यक्ष अपत्यक्ष असरहरु विभिन्न क्षेत्रहरुमा परेको देखिन्छ ।

प्रतिकृया दिनुहोस



विविध

Techie