अमेरिका–चीनबीचको व्यापारिक तनाव : एसियाली देशका लागि अवसर 

अमेरिका–चीनबीचको व्यापारिक तनाव : एसियाली देशका लागि अवसर 

सन् २०१८ जनवरीदेखि सुरु हुँदै आएको अमेरिका र चीनबीचको व्यापारिक तनाव मथ्थर हुन सकेको छैन । बीचबीचमा दुई देशबीचको व्यापारिक तनाव कहिले साम्य होला होला जस्तो त कहिले तनाव बढ्दै गरेको देखिन्छ । दुई देशबीच पहिलो चरणको व्यापारिक सम्झौता हुने तयारी चलिरहे पनि हालसम्म हुनसकेको छैन । 

अमेरिकाका व्यावसायिक तथा प्राज्ञहरुले अमेरिकाको कतिपय आर्थिक नीतिका कारण सन् २०२१ को अन्तसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन् । अमेरिकी सरकारले ल्याएका करवृद्धिको योजना र उच्च बजेटघाटाले अन्ततः अर्थतन्त्र नै नोक्सान हुने अनुमान गरिएको छ । अमेरिकी सरकारले आफ्ना प्रमुख व्यापारिक साझेदार देशबाट भित्रिने सामानमा कर वृद्धि गर्दै आएको छ । अमेरिकी सरकारले चीनसहित युरोपेली देश, मेक्सिको र क्यानडाबाट आउने सामानमा कर बढाएको छ । 

विश्वको सर्वाधिक ठूला अर्थतन्त्र भएका देश अमेरिका र चीनबीचको व्यपारमा एक्कासि कमी आएको छ । अमेरिकाले करिब तीन सय अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामानमा पटक–पटक गरी कर वृद्धि गर्दै आएको छ । कर वृद्धिको कदम २०१९ सम्म थाती राखिने बताएको छ । 

चर्काचर्कीको अवस्था :- दुई शक्तिशाली विश्व अर्थतन्त्रबीच चर्किएको व्यापारिक तनावले विश्व वित्तीय बजारमा निराशा छाउँदै आएको छ । यस्ता द्वन्द्वका एक अर्काबीचको आरोप/प्रत्यारोपले नकारात्मक दिशातिर मोडिँदै गएको छ । यसको प्रभाव अरु मुलुकसहित बेलायतलाई समेत पर्नसक्ने खतरा रहेको छ । तर यो खतरा मोल्न अरु देशहरु मनिरहेका छैनन् । चीन र अन्य देशहरुको सन्दर्भलाई बेवास्ता गरी एकपक्षीय र संरक्षणवादी नीति अगाडि ल्याउने अमेरिकी अभ्यासको चीनले कडा आलोचना गर्दै आएको छ ।

अमेरिकाले चीनको चाइना जनरल न्यूक्लियर पावर कर्पाेरेसनलाई २०७६ अगष्टमा निगरानी सूचीमा राखेको देखिन्छ । अमेरिकी उक्त कदमले राष्ट्रिय सुरक्षाको धारणालाई अपमानित गरेको छ । साथै यस्ले चिनियाँ निर्यात नियन्त्रण गर्नुका साथै अमेरिका तथा अन्य देशका व्यवसायलाई पनि असर पार्दै आएको छ । अमेरिकाले पछिल्लो पटक लगाएको करले चीनसमेत अप्ठ्यारोमा परेको छ । कतिपय अमेरिकी कम्पनीहरुले पछिल्लो समय दुई ठूला अर्थतन्त्रबीच चर्किँदै गएको व्यापारयुद्धले नोक्सान पुगेको भन्दै चीनबाट कम्पनी अन्य देशमा सार्नसमेत सुरु गरेका थिए । 

झिनो आशा :- बेला–बेलामा दुवै तर्फबाट चालिएको कर वृद्धिका कदमले विश्वसनीय सम्झौता हुन सकिरहेको छैन । चीनले अमेरिकी निर्णयको प्रतिवाद के कसरी गर्नेछ भन्ने स्पष्ट भएको देखिँदैन । चीनले अमेरिकी कम्पनीहरुलाई कालोसूचीमा राख्ने घोषणा गर्दै आएको छ । अमेरिकाबाट ठूलो पमिाणमा चीनले अमेरिकी कृषिजन्य सामान खरिद गर्ने प्रतिबद्धता गरे पनि चीनले त्यसो नगरेको आरोप लाग्दै आएको देखिन्छ । अमेरिकाले चीनले कृषिजन्य अमेरिकी उत्पादन धेरैभन्दा धेरै खरिद गर्ने भन्ने चाहेको छ । 

चीनमाथि अमेरिकाले फाइदा मात्रै लुटेको आरोप लगाउँदै आएको छ । अमेरिकाको अघिल्लो प्रशासनले चीनलाई स्वस्थ र सन्तुलित व्यापार सम्बन्ध बनाउँदा अमेरिकाले करदातालाई त्यसको भार बढाइएको थियो । तर अमेरिकी भनाइअनुसार अब अमेरिकाबाट चीनलाई फाइदा लिन नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउँदै आएका छन् । अमेरिका र चीनबीच व्यापारिक तनाव साम्य होला जस्तो भए पनि तनाव जारी रहँदा त्यसको प्रभाव चीनलाई देखिएको छ । कतिपय अमेरिकी कम्पनीहरु व्यापारिक तनावका कारण चीन छाड्ने पक्षमा छन् । सोही कारण ती अमेरिकन कम्पनीहरु भारतमा आउन लागेका छन् । ठूला कम्पनीहरु व्यापार युद्धलाई मध्यनजर गर्दै आफ्नो कारोबार सन्तुलित गर्न भारतमा फ्याक्ट्री खोल्ने तयारीमा रहेका देखिन्छन् । 

बहुपक्षीयताको अन्त्य र अमेकिा र चीनको प्रभुत्व हुने विश्वको उदयबारे पछिल्ला वर्षमा व्यापक छलफल भई आएका छन् । सन् १९२० पछि बन्ने नयाँ अमृरिकी सरकार थप अन्तर्राष्ट्रियवाद हुन सक्दछ भने उल्लेखनीय आर्थिक प्रगतिले चीनलाई विस्तारै राजनीतिक उदारीकरणतर्फ अघि बढाउन सक्दछ । तथापि दीर्घकालमा चीन एक्लैले अमेरिका र युरोप मिल्दा पनि प्रतिद्वन्द्विता दिनसक्ने अनुमान गरिँदै आएको छ । हुन त दीर्घकालीन आर्थिक भविष्यवाणीलाई सतर्कतापूर्वक लिनुपर्दछ ।

सन् २०४० सम्म चीनको अर्थतन्त्र अमेरिका र युरोपेली संघको २७ राष्ट्रको जोड्दा हुने हाराहारीमा हुन्छ । कुल गार्हस्थ्य उत्पादन मापनको एउटा विकल्प मात्र लिन सकिन्छ । बढ्दो व्यापारिक विवादका कारण अमेरिका र चीनले आपूm र अन्य देशलाई ठूलो आर्थिक भार पारिरहेका छन् । यदि विश्व दुई प्रणाली, साइबर क्षेत्र र बायोजेनेटिक्सजस्ता क्षेत्रमा अत्यावश्यक बाह्य नियमनमा सहमति गर्न निकै कठिन हुन सक्छ । 

चीन र अमेरिकाबीचको व्यापारिक द्वन्द्व २१ महिना लामो भइसकेको छ । २०१९ जुनयता अमेरिकाको द्विविधा बढ्दै गएको थियो । यसअघि अमेरिकाले व्यापार युद्धमा छिटो विजय हासिल गर्न सक्दछ भन्ने कल्पना गरेको थियो । तर अब दुवै देश र अरु विश्वका देशहरुका भनाइअनुसार चीनसँगको सम्झौता गर्न अझ लामो बाटो रहँदै आएको छ । अमेरिकाले यो सम्झौता गर्न दशक लागे पनि अमेरिका व्यापारिक युद्ध गर्न तयार भएको देखिन्छ । तर दुवै देश विश्वस्त छन् – वार्ता नै सम्झौताको अन्तिम विन्दु हो । चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताको वार्ता अमेरिका र चीनमा पटक–पटक हुँदै आएको छ । तर वार्ता ओझेलमा पर्दै आएको पनि देखिन्छ । 

अमेरिकाले चिनियाँ सामानको निर्बाध र खुकुलो प्रवेशको कारण व्यापार असन्तुलन चरम अवस्थामा पुगेको तथा अमेरिकी प्रविधि चीनले चोरीको आरोप लगाउँदै आएको छ । चीन सरकारले अमेरिकी कृषिजन्य उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको तर महिनौंदेखि कतिपय सामान नकिनेको अमेरिकी आरोप रहँदै आएको छ । बताइन्छ कि चीनसँगको समस्या नै विश्वासघात हो । अमेरिकाले सुरुदेखि नै तनावमा रहेको वार्तालाई सहजीकरण गर्न सहयोग नगरेको बताइन्छ । अमेरिकाले विश्व व्यापार संगठनमा चीनले पाइरहेको विकासशील देशको दर्जा हटाउने भन्दै आएको छ । 

सन् २०१९ सेप्टेम्बरमा आएर अमेरिकाले चुनावअगाडि चीनसँग व्यापार सम्झौता गर्न सक्ने बताइएको छ । चुनावलगत्तै चीनसँग व्यापार सम्झौता गर्न सकिने भनिएको छ । चीन र अमेरिका बौद्धिक सम्पत्ति र प्रविधि मुद्दाहरुमा वास्तविक व्यापार वार्तामा खोजिरहेका देखिन्छन् । अमेरिकाको माग सबै सम्बोधन हुने गरी अमेरिका र चीन व्यापार हुन नसक्ने स्वयम् केही अमेरिकन नै बताउँछन् । 

विचारणीय पक्ष :- चीनले अमेरिकासँग आफू लामो अवधिको लागि व्यापार युद्ध लड्नका लागि तयार भएको जनाउँदै आएको छ । चीनले अमेरिकामा विश्वबाट रेयर अर्थ आपूतिमध्र्येको ८० प्रतिशतको हिस्सा ओगट्दै आएको अवस्थामा चीनले रेयर अर्थको आपूर्तिका उद्योगका नीतिहरुका संगालो सार्वजनिक गर्ने भन्दै आएको छ । चीनले प्राकृतिक स्रोतलाई अमेरिकाविरुद्ध हतियारका रुपमा प्रयोग गर्नसक्ने भन्दै आएको छ । १७ वटा तत्वका रेयर अर्थका सम्मिश्रणको पदार्थ स्मार्टफोन, हस्पिटल स्क्यानर, परमाणु ऊर्जा स्टेसन र एलईडी लाइटका लागि प्रयोग हुदै आएको छ ।

अमेरिकामा आयात हुने रेयर अर्थमा २०१४ देखि २०१७ सम्मको अवधिमा चीनको हिस्सा ८० प्रतिशत रहेको थियो । चीनले यस्ता खनिजका बिक्रीमा प्रतिबन्ध लगाउने भनाइ राख्दै हाएको छ । त्यसैअनुरुप अमेरिकाले पनि यसको विकल्पका रुपमा तयार रहेको जनाउँदै आएको छ । अमेरिकाले चिनियाँ हुवावे कम्पनीमाथि अमेरिकी कम्पनीबाट पार्ट र प्रविधि खरिद गर्ने रोक लगाएपछि रेयर अर्थलाई हतियारका रुपमा प्रयोग गर्ने विचार चर्चामा आएको थियो । चीनको रणनीतिक स्रोत भएका कारण प्रस्तावित नीतिको रेयर अर्थको प्रयोग र प्रवर्द्धनमा विशेष जोड र मूल्य राख्ने बताउँदै आएको देखिन्छ । 

चीन र अमेरिका हरेक पटकका वार्तामा सम्मान र समानताका आधारमा आर्थिक तथा व्यापार विवादमा परामर्शद्वारा ताजगी ल्याउन चाहन्छन् । व्यापार युद्धपश्चात् चीन र अमेरिकाबीच १२ चरणभन्दा बढी वार्ता भइसकेका छन् । १४ महिनाभन्दा बढीको अमेरिका र चीनबीचको व्यापार युद्ध जी १९ का समूहमा राख्दा वा अन्तर्राष्ट्रियकरण गर्दा पनि समाधान भएको छैन । हरेका पटकका वार्ता यी दुई देश सम्बन्ध विस्तारका लागि नयाँ दिशा तय गर्ने र सहकार्य, समन्वय र स्थायित्वका साथ अघि बढाउने बताउँदै आएका छन् ।

व्यापार वार्ता टुंगिएला त ? विगत सवा वर्षदेखि भई आएको जारी अमेरिका तथा चीन व्यापार युद्ध अन्त्य गर्नको लागि सम्भावित उपाय निकाल्न दुई देशबीच पटक–पटक भएका बैठक रचनात्मक भनिँदै आएको छ । जापानमा दुई देशबीच भएको वार्ता सहमतिअनुसार दुवै पक्षले महत्वपूर्ण तथा प्रभावकारी तरिकाले वार्ता भएको बताइएको थियो । दुई पक्षीय सम्बन्ध र सहकार्यलाई नयाँ उचाइमा पु¥याउने यसपटक विश्वास लिइएको थियो । पटक–पटक वार्तामा अवरुद्ध भएको वार्ता सुरु गर्न अमेरिका र चीन सहमत भएको भनिएको थियो । यो भेटवार्ता जापानमा जी २० को शिखर सम्मेलनमा भएको थियो । यस सम्मेलनमा नै अमेरिकाले चीनमाथि थप करवृद्धि गर्ने प्रतिक्रिया दिएको थियो । 

अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्ध भारतका लागि निर्यात बढाउने एउटा ठूलो अवसरका रुपमा देखिँदै आएको छ । यो अवसरको फाइदा उठाएर भारतले अमेरिका र चीन दुवै देशमा रसायन तथा ग्रेनाइटसहित ३ सय ५० उत्पादन निर्यात गर्न सक्ने भनिएको छ । अमेरिका र चीनबीच व्यापार युद्ध भइरहेको अवस्थामा भारतले यी दुई देशमा निर्यात गर्न सक्ने वस्तुका पहिचान गरेको देखिन्छ । अमेरिका र चीन दुवै देशले एकअर्काको उत्पादनमा ठूलो परिमाणमा आयात शुल्क लगाउँदै आएका छन् । यसकारण व्यापार युद्ध नियमित हुँदै आएको छ ।

व्यापार युद्ध भारतका लागि अमेरिका तथा चीनमा निर्यात बढाउने ठलो अवसर लिइँदै आएको छ । डिजेल, एक्स रे, ट्यूब तथा केही रसायनसहित १ सय ५१ उत्पादनलाई भारतले चीनमा निर्यात गर्न सक्ने भनिएको छ । पहिले चीनले यी वस्तुहरु अमेरिकाबाट आयात गर्दै आएको छ । अमेरिकाले केही वस्तुहरु व्यापार युद्ध अगाडि चीनबाट आयात गर्दै आएकोमा युद्ध दौरानकालमा अमेरिकाले यस्ता वस्तु भारतबाट आयात गर्दै आएको देखिन्छ । अमेरिका र चीनबीचको युद्धले भारतलाई फाइदा भइरहेको छ ।  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस