नेपालमा थप ३६ जनामा कोरोना संक्रमण ,५८४ पुगे संक्रमित !

नेपालमा थप ३६ जनामा कोरोना संक्रमण ,५८४ पुगे संक्रमित !

काठमाडौं,जेठ १०
देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा शनिबार थप ६८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । पत्रकार सम्मेलनअघि बिहान मन्त्रालयले विज्ञप्तिमार्फत ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । भने शनिबार अपरान्ह ३६ जना कोरोनाभाइरसका नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन्।

सेती अस्पतालमा चार जना, कोशी अस्पतालमा झापाका ३३ वर्षका पुरूष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाँकेका ६ जना, नैनापुरका १५ जना, नैनापुर १ मा ६ जना, बर्दियामा एक १९ वर्षीय पुरूष र सुर्खेतमा दुई पुरूष र एक महिला गरी तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको हो। उनीहरू सबैको पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले बताएको छ।  योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ ।

प्रतिकृया दिनुहोस


Techie