महासंघ उपत्यका प्रदेश अन्र्तगतका ११९ जना पत्रकारको कोभिड विमा

महासंघ उपत्यका प्रदेश अन्र्तगतका ११९ जना पत्रकारको  कोभिड विमा

काठमाडौं,जेठ १०

महासंघ उपत्यका प्रदेश अन्र्तगतका ११९ जना पत्रकारको कोभिड विमा कोभिड–१९ को संक्रमणको जोखिममा काम गरिरहेका नेपाल पत्रकार महासंभ उपत्यका प्रदेश समिति अन्र्तगत काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका ११९ पत्रकारको कोभिड पत्रकार बीमा गरिएको छ ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितका महासचिव श्रीजन झाको पहल एवम् मिसन मिडिाया कल्वको आर्थिक सहयोगमा प्रतिपत्रकार रु एक लाखको कोरोना बीमा गराएको हो । उपत्यका प्रदेश समितका महासचिव झाका अनुसार आफ्नो प्रदेश अन्र्तगतका जिल्ला आवद्ध क्रियाशील पत्रकारको बीमाका लागि मिसन मिडिया क्लवले ११९ जनाको बीमा शुल्क तिर्न सवै आर्थिक सहयोग गरेको जानकारीदिदै बीमाका लागि प्रतिव्यक्ति रु ६ सय तिरिएको जानकारी दिनुभएको छ ।

उक्त बीमानुसार कुनै पत्रकार कोभिड १९ संक्रमित भएमा बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सले रु १ लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने महासचिव झाले बताए यसअघि कोभिड संक्रमणको बढ्दो जोखिम संगै मिसन मिडिाया क्लवका अध्यक्ष समेत रहेका उपत्यका प्रदेश समितिका महासचिव झाले बीमा कार्यक्रम घोषणा गर्नु भएको थियो ।

मुलत जोखिमको यस विषम अवस्थामा पत्रकार निरन्तर खटिरहनुपर्ने भएकाले सुरक्षाको प्रत्याभूती दिन क्लवसंग सहकार्य गरिएको जानकारीदिदै संस्थागत रुपमा क्लवको तर्फबाट पत्रकारको विमा गराउने अवसर महासंघ उपत्यका प्रदेशले क्लवलाइ अवसर प्रदान गरेकोमा क्लव आफैमा गौरवाम्वित भएको क्लवका कोषाध्यक्ष रिना महर्जनले बताए । त्यस्तै दोस्रो चरणमा थप २५१ जनाको पनि कोभिड पत्रकार विमाको आवश्यक तयारी लगभग पूराभइसकेको क्लवले जनाउदै नामावली संकलनको आव्हानको गर्ने तयारी भइरहेको जनाएकोछ ।

प्रतिकृया दिनुहोस


Techie